गएको महिनादेखि सुरु भएको देशकै पहलिलो कविता रियालिटि सो, ‘द पोएट आइडल’ हिजो राति तेह्रौँ एपिसोडमा पुगेको छ । हिजो राष्ट्रकवि माधव प्रसाद माधव प्रसाद विशेष रहेको थियो । निर्देशक प्रविण खतिवडाले माधव घिमिरेको कालजयी कृति गौरी खण्डकाव्यको एउटा सानो अंश वाचन गरेपछि आइडलको सो अघि बढेको थियो ।
‘यहाँले माधव घिमिरेलाई कसरी सम्झनुहुन्छ ?’ उद्घोषक दिव्य देव ।
‘म सानो छँदा मेरो हजुरबुवा श्लोक गाइरहनुहुन्थ्यो । त्यो श्लोकको प्रभावले मलाई पनि छन्द कविताहरू मन पर्दै जाँन थाले । पछि मात्र थाहा भयो कि हजुरबुवाले गाएको त्यो श्लोक त गौरी खण्डकाव्य पो रहेछ । गौरी यस्तो काव्य हो जसलाई जहाँ जहिले पनि जुनै लयमा वाचन गर्न सकिन्छ ।’ खतिवडा ।
‘एक समय कविता गोष्ठी भएको थियो । त्यस गोष्ठीमा मैले पनि कविता वाचन् गरेको थिएँ । त्यहाँ माधव घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो । मैले कविता वाचन् गरिसकेपछि उहाँले मेरो अनुहारमा हेर्दै ताली बजाउनुभएको थियो । त्यसपछिको दिनमा पनि उहाँसँग भेट भैरहेको थियो ।’ विप्लव ।
‘एक पटक पोखरामा मालती मङ्गले नाटक भएको थियो । त्यो नाटक मलाई अति नै मन परेको थियो । त्यसपछि मैले माधव घिमिरेलाई झनै मन पराउन थालेको थिएँ । उहाँको कविताहरू पढेपछि नै छँदमा पनि राम्रो कविता लेख्न सकिँदो रहेछ भन्ने मलाई लागेको थियो ।’ अनुप ।
‘उहाँ जुनै कालखण्डको कवि भएपनि लामो समयसम्म हामीसँग बाँचिरहनु भएको छ । उहाँलाई सधैँ हाम्रो सम्मान छ ।’ सुरक्षा ।
पहिला पहिला काठमान्डौंमा रहँदा आनन्द अधिकारीले मेरो एउटा गीत गाउनुभएको थियो । त्यो गीत सुनेपछि माधव घिमिरेले मेरो राम्रो तारिफ गर्नुभएको थियो । त्यसपछिका दिनमा मैले जति पनि छन्द कविता लेख्ने भाइबहिनीहरू भेटेँ, उनीहरूलाई छन्द कविता लेख्नु अघि माधव घिमिरेको कविता पढ्नु । उहाँको गीत सुन्नु भन्दै आइरहेको छु ।’ उपेन्द्र ।
माधव घिमिरेलाई यहाँहरू कसरी सम्झनुहुन्छ भनी उद्घोषक दिव्य देवले सोधेको प्रश्नमा जजहरूको जवाफ ।
माधव घिमिरेलाई सम्झने क्रम सकिएसँगै रिजल्टको पालो आएको थियो । छविना लुङ्गेली मगर र पिन्की बोहोरा सबैभन्दा थोरे भोट पाएर रेड जोन (बटन २) मा परेका थिए ।
‘यो रातो घेरामा जो कोही पर्दा त हामीलाई साह्रै दुःख लाग्ने । यहाँबाट जो बाहिरीए पनि हाम्रो सधैँ भेट भइ नै रहन्छ । बाहिरिए पनि यहाँहरूले यो मञ्चबाट धेरै अनुभवहरू लिएर जानुहुनेछ । अझै पनि तपाईँहरूलाई कविता लेख्ने सुनौलो मौका रहेको छ । कविता लेख्दै अघि बढ्नुहोला ।’ उनीहरू बटन २ मा परेपछि जजहरूले भनेका थिए ।
अघिल्लो चरणमा एक तस्बिर देखाएर कविता लेख्नको लागि विषयबस्तु दिइन्थ्यो भने हिजो त्यसो नभएर जज अनुप बरालले कविता लेख्नको लागि एउटा विषय छानेका थिए । उक्त विषयलाई उद्घोषक दिव्य देवले मञ्मा ल्याएका थिए । त्यो विषय थियो साइकल ।
चारैजना जजहरूले साइकलसँगको बाल्यकाल सम्झनुका साथै साइकलसँगको बाल्यकाल निकै नै स्वर्णिम रहेको बताएका थिए । साइकलसँगको बाल्यकाल सम्झने क्रममा जज अनुप बराल भने अचानक भावुक बनेका थिए ।
बटन २ मा परेका २ जनालाई कविता लेख्नको लागि आधा घण्टाको समय दिइएको थियो । कविता वाचनपछि कवि छविना लुङ्गेली मगरले १२६.५ अंक प्राप्त गरेकी थिइन भने उनी प्रतिद्वन्दि पिन्की बोहोराले १४४.५ अंक प्राप्त गरेकी थिइन् ।
आफू बाहिरिँदा छविना मगर मञ्चमा भावुक बनेकी थिइन । निकै समयसम्म उनले आफूलाई सम्हाल्न सकेकी थिइनन् । पोएट आइडलबाट बाहिरिएसँगै उनले साहित्यपोस्ट र किताब यात्राको तर्फबाट केही थान पुस्तकहरू उपहारस्वरुप पाएकी थिइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।