
गायक तथा सङ्गीतकार सेमिहाङ सिंगकको नयाँ गीत सम्याङफुङ २ (शीरफूल २) सार्वजनिक भएको छ । लिम्बु संस्कृतिलाई आधार मानी तयार पारिएको गीतमा सेमिहाङ सिंगकको शब्द,सङ्गीत र स्वयं सेमिहाङ सिंगक र सुनीता थेगिमको स्वरमा रेकर्ड भएको गीतको भिडियो सार्वजनिक भएको हो ।
देवेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ, ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट राजेश श्रेष्ठ र मिक्सिङ किशोर थापा थापाले गरेका हुन्। गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘सेमिहाङ क्रिएसन’ मार्फत् सार्वजनिक गरिएको छ ।
भूपेन्द्र तुम्बाहाम्फेको निर्देशन रहेको गीतको भिडियोमा सेमिहाङ सिंगक, रेखा लिम्बु, प्रेम लिम्बु, मौसम इम्बुङ (फुलेन्देको बाबु ) सोना सिंगक,पञ्च लावतीको अभिनय रहेको छ ।
भिडियोमा भूपेन्द्र तुम्बाहाम्फेको छायाँकन र अनिल राना सम्पादन र रेनिस फागोको कलरिङ गरेका हुन् । गीतको सम्पूर्ण भिडियो छायाँकन धरान आसपासमा गरिएको छ ।
तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा ३ मा जन्मिनुभएका गायक, सङ्गीतकार तथा गीतकार सेमिहाङ सिंगकको, विगत एक दशकदेखि सिंगापुर प्रहरीमा कार्यारत हुनुहुन्छ ।
कार्यव्यस्तताका बीच समयलाई सदुपयोग गर्दै उहाँले नेपाली गीत सङ्गीतमा आफूलाई समर्पित गर्दै आउनुभएको छ । हालसम्म एक दर्जन गीतमा स्वर र गीत लेख्नु भएका उहाँले तीन दर्जन गीतमा सङ्गीत भरिसक्नु भएको छ ।
https://www.youtube.com/watch?v=pKCJtgOSNZs&t=2s
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
