पोखरा / साहित्यकार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ यस वर्षको लेखक कृति पुरस्कारबाट पुरस्कृत भएको छ ।
नेपाली लेखक संघ, कास्कीले शनिबार पोखरामा समीपलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । संघले साहित्यकार प्राध्यापक डा. भूपति ढकाल ‘कमल’लाई सम्मानसमेत गरेको छ ।
पुरस्कार अर्पण तथा स्रष्टा सम्मान समारोहमा संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मुक्तकलाई हेपिहाल्नुपर्ने, मिचिहाल्नुपर्ने वा लेख्दैमा हिनताबोध गरिहाल्नुपर्ने विधाका रुपमा लिन नहुने बताउनुभयो । उहाँले संघले २० लाख रुपैयाँको अक्षयकोष बनाएर राष्ट्रिय लेखक संघ पुरस्कार प्रदान गर्ने तयारीमा रहेको सुनाउनुभयो । वैशाख १६ लाई लेखक दिवसका रुपमा मनाउन संघले पहल गरिरहेको जानकारीसमेत उहाँले दिनुभयो ।
पुरस्कृत स्रष्टा दीपक समीपले मुक्तक विधा पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभयो । सम्मानित स्रष्टा ढकालले लेखकले सधैं सत्तालाई खबरदारी गर्नुपर्ने विचार राख्नुभयो।
संघका गण्डकी प्रदेश अध्यक्ष एवं कृति छनोट समितिका संयोजक ईश्वरमणि अधिकारीले पुरस्कृत तथा सम्मानित स्रष्टाको व्यक्तित्वको चर्चा गर्नुभयो ।
गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर साहित्यकर्म गरिरहेका स्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने नेपाली लेखक संघ, कास्कीका अध्यक्ष सञ्जीव पौडेलले बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : भवानी पाण्डेकाे ‘अक्षुण्ण’देखि विवेक ओझाको ‘ऐँठन’सम्म

फिल्मले नै आत्महत्या गर्नबाट बचाएको ‘नाटु नाटु’का कोरियोग्राफर
