उपन्यासकार भावना कँडेलको उपन्यास ‘फेक स्माइल’को अन्तर्क्रिया तथा साक्षत्कार कार्यक्रम दुबईको सिल्भर स्पोन रेस्तुरेन्टमा सम्पन्न भएको छ।

सिर्जना वाचन डबली युएईको आयोजना तथा एनआरएन युएई सगरमाथा साहित्य प्रतिष्ठान युएई र इन्स युएईको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा एनआरएन युएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना प्रमुख अतिथि र फेक स्माइलकी लेखिका भावना कँडेलको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा लेखिका कँडेलले आफूले फेक स्माइल उपन्यास लेख्नुको परिस्थिति र उपन्यासले दिन खोजेको सन्देशको विषयमा प्रस्ट पारेकी थिइन्।

अन्तर्क्रियाका वक्ताहरूले उपन्यासको विषयमा क्रिया–प्रतिक्रिया दिँदै उपन्यास सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा साहित्यकार तथा सञ्चारकर्मी निमेष गिरी, सगरमाथा साहित्य प्रतिष्ठानका महासचिव डिएल घिमिरे, इन्स युएईका वरिष्ठ उपाध्यक्ष विष्णु प्याकुरेल, ताप्लेजुङ सेवा समाजकी संरक्षक सोनी भण्डारी, एनआर एन युएईका उपाध्यक्ष रमेश ढकाल, अल रियादी इभेन्ट्सका सोनिल पराजुली, इनास युएईका महासचिव हरि मोक्तान, समाजसेवी खेम राज बस्नेत, सुजन सापकोटा, दीपक खड्का, एलिसराज सन्जेल, बैंकर्सहरू कृष्णकल्प दुलाल, राजन पोखरेल, ईश्वर अधिकारीलगायत युएईमा रहेका सर्जकहरूकाे उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथि सर्जक भावना कँडेलका साथै युएईमा रहेका सर्जकहरूले आफ्नो सिर्जना वाचन गरेका थिए। कार्यक्रममा आयोजकको तर्फबाट अतिथि सर्जक कँडेललाई सम्मानपत्रले सम्मानित गरिएको थियो। कार्यक्रमलाई सिर्जना वाचन डबलीका संयोजक जे सागरले संयोजन तथा सञ्चालन गरेका थिए ।