बुटवल / महिला मुक्तिको नयाँ वैचारिकी स्वरुप प्रकाशित त्रैमाशिक पत्रिका ‘अपराजिता पारिजात’को दोस्रो अंकको अन्तरक्रिया कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ।

प्रकाशक राजेश्वरी सुवेदी, रन्जु रेग्मी र सन्जिव उप्रेती, दिल साहनी, लैङ्गिक उत्पीडन र समानताको विषयमा अध्ययन गरिरहेकी माया घिमिरे , अध्येता रामचन्द्र श्रेष्ठ, कवि गिरि श्रीश लगायतले उक्त पुस्तक चर्चा परिचर्चा साथै निरन्तरताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

अन्तरक्रियामा समकालीन महिलाका मुद्दा समस्याको उठान र समाधनको वैचारिकी विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बुद्धिजीवी बुटवलका पाठक अध्येता सामाजिक सरोकारवाला महिला आन्दोलनका अभियन्ताहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सम्पादक सुमिनाले गर्नुभएको थियो ।