‘दिगो विकास र समृद्ध नेपालका लागि प्रविधि’ भन्ने मूल उद्देश्यका साथ सिभिल इन्जिनियरिङ विध्यार्थी समाज नेपालले तेह्रौँ देशव्यापी सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको छ ।

यसकै मुख्य कार्यक्रमका रुपमा देशव्यापी खुला कविता प्रतियोगित IOE POETRY CHAMP 4.0 गत माघ २१ गते सम्पन्न भयो।

कार्यक्रमको सभापतित्व आमित सेडाईले गर्नुभएको थियो। कवि शैलेन्द्र साकार प्रमुख अतिथि रहनुभएको यस कार्यक्रममा निर्णायकको भूमिकामा कवि भीष्म उप्रेती र रन्जना निरौला हुनुहुन्थ्यो भने अतिथिका रुपमा कवि रसिक राज, प्रज्ज्वल अधिकारी, निरज दाहाल, मिमबहादुर परियार, हरिश कल्पित, राधिका कल्पित, उत्तम लिम्बुको उपस्थिति थियो ।

यस कार्यक्रममा छनोट भएका १५ कविताहरू वाचन गरिएका थिए । सोहीबीचमा अन्तिम नतिजा सार्वजनिक गरिएको थियो।

प्रतियोगितामा कवि परिविक्रमले ”लालबहादुर्को क्रान्ति” शीर्षकको कविता वाचन गरेर प्रथम स्थान हासिल गर्न सफल हुनुभयो भने अप्सरा केसीले ”सुन्तला र सपनाहरू” शीर्षकको कविता वाचन गरेर द्वितीय स्थान हासिल गर्नुभयो ।

त्यसै गरी कवि राजु उवरकोटीले ”आमाको अर्को सपना” शीर्षकको कविता वाचन गरेर तृतीय स्थान हासिल गर्नुभयो ।

प्रथम पुरस्कारको राशि रु १५०००, द्वितीय पुरस्कारको राशि रु १०००० रहेको थियो भने तृतीय पुरस्कारको राशि रु ५००० रहेको थियो ।

देशभरका कविहरुको सहभागिता रहेको सो कार्यक्रम निकै भव्य तरिकाले सम्पन्न भएको कुरा कार्यक्रम संयोजक शीतल उपाध्यायले बताउनु भयो।