झापाको काँकरभिट्टामा रहेको होटल हिकोला हेरिटेजको वार्षिक उत्सवको अवसरमा गजलकार प्रदीप रोदनको एकल गजल साँझ आयोजना हुने भएको छ ।
होटलले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा तीन दिने “साङ्गीतिक साँझ” को आयोजना गर्न लागेको हो । सोही साङ्गीतिक साँझको अन्तिम दिन माघ २८ गते शनिबार गजलकार रोदनको एकल गजल वाचन कार्यक्रम राखिएको हो ।
आगामी माघ २६ देखि २८ गतेसम्म तीन दिन “साङ्गीतिक साँझ”को आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा होटल सञ्चालक देवीभक्त श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रमको तालिका अनुसार माघ २६ गते बिहीबार गायक यम बरालको एकल प्रस्तुति रहनेछ । त्यसैगरी माघ २७ गते शुक्रबार गायक नाम्गेल तामाङ र कृपा पौडेलको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ । गायक तामाङ नेपाल आइडल सिजन चारका फस्ट रनरअप हुनुहुन्छ । त्यसैगरी गायिका पौडेल सारेगमप लिटल च्याम्पकी विजेता हुनुहुन्छ ।
होटल स्थापना दिवसको दिन माघ २६ गते नेपाल भित्रिने पर्यटकलाई काकरभिट्टा सीमा नाकामा पुगेर स्वागत गर्ने कार्यक्रम राखिएको होटलका प्रबन्ध निर्देशक गौरव श्रेष्ठले बताउनु भयो । कार्यक्रममा जातीय संस्कृति झल्किने सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिने बताइएको छ ।
तीन दिने साङ्गीतिक साँझकै अवसरमा साहित्य चौतारी झापाका कलाकर्मीहरुको पनि विशेष प्रस्तुति रहने मासिक साङ्गीतिक काव्य सभाकी संयोजक तथा गजलकार सुनिता तामाङले बताउनु भयो ।
२०७६ माघ २६ गते प्रदेश १ सरकारका तत्कालिन मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेजको उद्घाटन गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
