प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौंमा मञ्चन गरिएको छ।
करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतlमा थापागाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो।
नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले निर्देशन गरेका हुन्। अंग्रेजी र नेपाली दुवै भाषामा संवादको सम्मिश्रण रहेको नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन्।
असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन्। ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन्। काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगलाई नाटकमा देखाइएको छ।
सेक्सपियरले १६ औँ शताब्दीमा यो नाटक लेखेका हुन्। प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको समिश्रणले एकापसको आकर्षणको साङ्लो चुँडिएको देखाइएको छ।
यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो। निर्देशकको मिहिनेत र कलाकारको प्रस्तुतिलाई दर्शकले रुचि राखेकोले शनिबार पनि एक शो देखाइएको आयोजकले पाठशाला नेपालले जनाएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।