गत हप्ता द पोएट आइडल समूह ए को प्रस्तुतिको लागि ‘सामाजिक सञ्जाल वरदान कि अभिशाप’ भन्ने विषयवस्तु दिइएको थियो । उक्त विषयवस्तुमा हिजो समूह ए का प्रतियोगीहरुले दमदार प्रस्तुति दिएका छन् ।

कार्यक्रम सुरु हुन्छ अतिथि कवि श्रवण मुकारुङको उखु कविता वचनबाट । कविता वाचन सँगै प्रमुख अतिथि कवि मुकारुङ आफ्नो आशनमा गई अतिथि आशन ग्रहण गरेका थिए ।

सिक्किमकी कवि नीलम गुरुङबाट प्रस्तुतिको सुरुवात हुन्छ । गएको महिनादेखि नै दर्शक तथा निर्णायकहरुको मन जित्दै आएकी नीलमले सामाजिक सञ्जालको बारेमा दमदार प्रस्तुति दिन्छिन् । उनको प्रस्तुतीबाट प्रमुख अतिथि तथा चारैजना निर्णायकहरुले नीलमको प्रस्तुतीबाट आफूहरु सन्तुष्ट भएको र आगामी प्रस्तुतिमा पनि देख्न पाइयोस् भन्दै शुभकामना दिएका थिए ।

[embedyt] https://www.youtube.com/watch?v=kscTuV2h1yI[/embedyt]

यसरी नै अन्य प्रतियोगीहरुले पनि आफ्नो प्रतिभाले भ्याएसम्मको राम्रो र चाखलाग्दो प्रस्तुति दिँदै जान्छन् । र बीचमा पालो आउँछ अतिथि कवि श्रवण मुकारुङको कविता वाचन गर्ने ।

मञ्च प्रवेश गरेपछि आफूले पनि अहिलेका समस्त सर्जक तथा युवा कविहरुलाई समेटेर एउटा कविता लेखेको बताएका थिए । उहाँको कविताको शीर्षक थियो ‘आवाज नआइपुग्ने मेघको उज्यालो ।’

उहाँको कविता यति दमदार थियो कि, सायदै हालसम्मको पोएट आइडलको सिजनमा उहाँको जति दमदार कविता अरू कुनै अतिथि कविहरूले सुनाएका थिएनन् । राजनीति, क्रान्ति, जातिय विभेद देखि अन्य विविध विधामा कलम चलाउने कवि तथा गीतकार मुकारुङको भर्खरै मात्र नयाँ कविता सङग्रह ‘बिसे नगर्चिको बयान’ प्रकाशित भएको छ ।

कविता भनेको एकान्तमा बस्दा मात्रै नफुरेर कतै आफू हराइरहेको अनाकन्टार भीरमा पनि फुर्न सक्नुपर्छ । कविता त परिश्रमको पसिना बग्दा बग्दै फुर्नु पर्छ । हिजोआजका युवाहरू कविता लेखन्नको लागि एकान्त बास र सुन्दर ठाउँ खोजिरहेका छन् । बरू यस्तो ठाउँबाट भनेजस्तो कविता जन्मन सक्दैनन् । कविता त एकान्त ठाउँमा बसेर लेख्ने चीज नै हैन । कविता त अभाव र दरिद्र ठाउँबाट उब्जन सक्नुपर्छ भनी आफ्नो कविता मार्फत सबै युवाहरूमाझ सुन्दर भनाइ राखेका थिए ।

मुकारुङको प्रस्तुतिपछि कवि छविना लुङ्गेली मगरले आफ्नो प्रस्तुति दिइएकी थिइन् । उनको प्रस्तुतिपछि निर्णायक उपेन्द्र सुब्बाले ‘तपाईँले अझै पनि कविता लेख्न प्रयास गर्नुपर्ने देखिन्छ । अर्का निर्णायक विप्लव प्रतिकले पनि उपेन्द्र सुब्बाकै भनाइलाई सापटी लिएर छविनालाई शुभकामना दिएका थिए ।

त्यसपछि पिन्की बोहोराले बूढी आमैको भूमिका निर्बाह गरी माहोललाई अचानक सुनसान बनाएकी थिइन् । उनको प्रस्तुति दमदार मात्र नभएर उनी पर्फमर अफ द डे पनि बनेकी थिइन् ।

‘वाचन शैलीसँगै प्रस्तुति पनि एकदमै राम्रो भएको र बूढी आमैको भूमिकामा पनि यति धेरै गहिराइ भएको एकदमै राम्रो प्रस्तुति ।’ सुरक्षा पन्त ।

‘अघिल्लो चरणमा भन्दा अहिले कविता र प्रस्तुति निकै सुधारिदै आएको छ ।’ उपेन्द्र सुब्बा ।

‘कविता र प्रस्तुति राम्रो छ । तर कविता कविताजस्तै हुन नखोजेर उपदेश जस्तो भयो । कवितालाई उपदेश नबनाएर कविताजस्तै बनाउनुहोला, शुभकामना ।’ अनुप बराल ।

‘तिमी एकदमै सेन्सेटिभ कवि छौ । कविता पनि निकै राम्रो छ ।’ विप्लव प्रतिक ।

‘यसमा आधुनिकता र मानविय मूल्यलाई क्षय नहोस भन्ने कुरा आएको छ ।’ मुकारुङ ।

यससँगै अन्तिम प्रस्तुति रहेको थियो कवि अनुप न्यौपानेको । उनको प्रस्तुति सकिएपछि पर्फमर अफ डे बनेकी पिन्की बोहोरालाई ‘बुक मण्डला, साङ्ग्रीला बुक्स र सरण मुकारुङको तर्फबाट नयाँ कृति उपहार पाएकी थिइन् । अरू पाँच जना प्रतियोगी कविहरूले पनि बिसे नगर्चिको बयान उपहाररूवरूप पाएका छन् ।

कार्यक्रमको समाप्तिसँगै आगामी हप्ताको लागि ग्रुप ‘बी’लाई प्रस्तुति विषयको लागि एउटा छोटो नाटक देखाइएको थियो । योजना थापा मगर र आयुष श्रेष्ठले उक्त नाटकको प्रस्तुति दिएका थिए ।

आफ्नो प्रस्तुतिको समाप्तिसँगै प्रत्येक कविहरूले आफूलाई अघिल्लो चरणमा पुर्याउनको लागि दर्शकसामु भोट मागेका छन् । आफूलाई मन परेको प्रतियोगिहरूलाई भोट गर्नको लागि यहाँहरूले आफ्नो मोबाइलको प्ले स्टोर एप मार्पत ‘OSR Connect App’डाउनलोड गर्नुपर्ने हुन्छ । यसै एप मार्फत यहाँहरूले आफूलाई मन परेको प्रतियोगिहरूलाई भोट गर्न सक्नुहुनेछ । भोटिङ् लाइन आउदो सोमबार बिहानसम्म खुल्ला रहनेछ ।