गएको हप्ता ग्रुप ए को लागि कवि भूपी विशेषमा कवि भूपीका कविताहरू वाचन भएका थिए भने हिजो रातिको एघारौँ एपिसोडमा युग कवि शिद्धिचरण विशेषमा कवि शिद्धिचरणका कविता वाचन हुनुको साथै नेपाली साहित्यप्रति उनका योगदानका कुराहरू भएका छन् ।

नाटक तथा सिनेमा निर्देशक घिमिरे युवराजले युग कविको कविता वाचन गरेपछि आइडलको सो अघि बढेको थियो ।

‘यहाँहरूले युग कविलाई कसरी सम्झनुहुन्छ ?’ घिमिरे युवराजले कविता वाचन सकेपछि दिव्य देवले जजहरूलाई सोधेका थिए ।

[embedyt] https://www.youtube.com/watch?v=D8Dsjv5IYDc[/embedyt]

‘कविसँग प्रेम बाहेक अरू केही पनि हुँदैन’ भन्दै जज विप्लवले युग कविको एउटा कविता वाचन गरेका थिए ।

‘मलाई उहाँका सबै कविता एकदमै राम्रा र सान्दार्भिक लाग्छन् ।’ अनुप बराल ।

‘मलाई एकदमै मन परेको उहाँको कविता, म वौलाहा हैन ।’ सुरक्षा पन्त ।

‘मलाई चाहिँ मेरो प्यारो ओखल ढुङ्गा धेरै मन पर्छ । यही कवितामार्फत युग कविलाई म धेरै सम्झन्छु ।’ उपेन्द्र सुव्बा ।

द पोएट आइडलको हिजोको एपिसोडमा सत्य हरण पुस्तकका लेखक राजु अधिकारी र कथालय प्रकाशनका प्रकाशक प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए । अधिकारीले चारैजना जज लगाएत सातै जना कविहरूलाई हालै प्रकाशित पुस्तक ‘सत्य हरण’ उपहार स्वरुप दिएका छन् । ‘सत्य हरण’ देशका विभिन्न पुस्तक पसलबाट यहाँहरूले किनेर पढ्न सक्नु हुनेछ ।

आफ्नो पुस्तक ‘सत्य हरण’ बारे बोल्ने क्रममा उपन्यासमा आफूले पूर्विय दर्शन देखि विज्ञानसम्मका विषयवस्तुलाई समेटेको बताएका थिए । यो उपन्यास राम्रो र पढ्न लायकको छ भन्नुका साथै अहिलेका सबै अभिभावकहरूले आफ्नो बाल बच्चाहरूमा पठन सँस्कारको विकास गराउनुपर्ने भनी प्रकाशकले  बताएका थिए ।

कवि विप्लव प्रतिकले सत्य हरण भैरहेको समयमा ‘सत्य हरण’ आएकोमा आफू खुसी भएको बताउनुका साथै अन्य तीन जजहरूले पनि उपन्यासको शीर्षक र आवरणकलाले आफूहरू आकर्षित भएको बताउनुकै साथै ‘सत्य हरण’लाई सफलताको शुभकामना दिएका छन् ।

गत हप्ता ग्रुप ‘ए’ बाट कवि युग सर्वनाम बाहिरिएका थिए भने हिजो राति भएको ग्रुप ‘बी’ को प्रस्तुतिबाट कवि महेन्द्र राई बाहिरिएका छन् । उनका प्रतिद्वन्दि लक्ष्मी प्रसाद मादेनले १५८ अंक प्राप्त गरेका थिए भने महेन्द्र राईले १५० अंक प्राप्त गरेका थिए । थोरै भोट आएको कारण उनीहरू दुबै जना बटन २ मा परेका थिए ।

बटन २ मा परेका ती दुबै कविहरूलाई कविता लेख्नको लागि एउटा तस्बिर र आधा घण्टाको समय दिइएको थियो ।

‘म भन्दा राम्रो कविलाई सानो तिनो साहानुभूति दिनु भनेको बेकारको कुरा हो । यहाँलाई धेरै धेरै माया र शुभकामना ।’ उनी बाहिरिने क्रममा जज उपेन्द्र सुब्बाले भनेका थिए ।

‘छोड्न मन थिएन । तर एक जनालाई छोड्नै पर्ने बाध्यता छ । तर पनि हामी निरन्तर भेट गरिरहने छौँ ।’ विप्लव ।

‘कविले आफ्नो वाचन कला माझ्दै लानुपर्छ । छोड्ने मन थिएन । तर शुभकामना सहित विदाइ ।’ बराल ।

‘तपाईँले अझै पनि कविता लेखिरहनुहुनेछ ।’ सुरक्षा ।

‘हामी एकदमै घनिष्ट मित्र भएका छौँ । उहाँ यस मञ्चबाट बाहिरिदा मलाई दुःख लागेको छ । मैले उहाँको पसलमा गएर मःम पनि खाएको थिएँ । यस मञ्चबाट बाहिरिए पनि कविताबाट भने उहाँ कहिल्यै बाहिरिनु हुन्न ।’ आफ्नो साथी बाहिरिदै गर्दा तपाईँ के भन्न चाहनुहुन्छ भनी उद्घोषक दिव्य देवले सोध्दा कवि लक्षमी प्रसाद मादेनले भनेका थिए ।

‘द पोएट आइडल’ आएर मैले धेरै साथी तथा शुभचिन्तकहरू कमाएँ । ‘पोएट आइडल’को यहाँसम्मको यात्रामा मलाई धेरै दर्शकहरूले साथ दिनुभयो । मलाई साथ दिने सबैलाई धेरै धेरै धन्यवाद । यति भन्दै राईले मञ्चबाट बिदा लिएका थिए ।

‘द पोएट आइडलको मञ्चबाट बाहिरिएसँगै महेन्द्र राईले आइडलको अनलाइन पार्टनर ‘साहित्पोस्ट’ प्रकाशक ‘कथालय’ र किताब यात्राको तर्फबाट केही पुस्तकहरू उपहारस्वरुप पाएका थिए ।