आइओई पोयट्री च्याम्प फोर पोइन्ट जिरो (IOE Poetry Champ 4.0) का लागि उत्कृष्ट १५ कविता छनौट भएका छन् ।
प्रस्तुति अधिकारी, परिविक्रम परियार, कृष्ण कन्चन, तिर्थराज बिक, रोशन तिमिल्सिना, अप्सरा के .सी, रुपा थापा, सरला क्षेत्री, विपेन बिक, स्मृति रानाभाट, एन्जिला अमागाई, राजु उवरकोटी, प्रतिक सापकोटा, विशाल नेपाल र ईश्वर थापा उत्कृष्ट १५ मा छनौट भएका हुन् ।
सिभिल इन्जिनियरिङ विद्यार्थी समाज, नेपाल (CESS Nepal) पुल्चोकको आयोजनामा हुन् लागेको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा देशभरबाट १५० भन्दा बढी कविता प्राप्त भएको कार्यक्रम संयोजक शीतल पौडेलले बताए ।
कार्यक्रमको निर्णायकको रूपमा कवि एवम् नियात्राकार भीष्म उप्रेती र कवि एवम् लेखक रञ्जना निरौला रहनेछन् भने प्रमुख अतिथिको रूपमा अग्रज कवि शैलेन्द्र साकारको उपस्थिति रहेनछ । कार्यक्रममा १५ जना अतिथि कविको उपस्थिति रहनेछ । भोलि शनिबार दिउँसो ११ बजेदेखि सुरु हुने उक्त कार्यक्रम साँझ ४ बजे सकिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

