काठमाडौँ / शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’को एक समारोह बीच लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित समारोहका प्रमुखअतिथि घनश्याम राजकर्णिकारले नियात्रा संग्रहमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्ण गरेको बताउनु भयो।

समाजका संरक्षक पवन आलोकले नियात्रामा जहाँ पुग्यो त्यहीँको भाषा, परिवेश, रहनसहन, मौलिकता टपप्क टिपेको उहाँले बताउनु भयो ।

नियात्रा समाज अध्यक्ष प्रतीक ढकालले नियात्रामा पूर्वस्मृति र स्थानगत तादत्म्यता देखाइदिएको उहाँले बताउनु भयो ।

नियात्राकार जय छाङ्छाले पुस्तकको बारेमा विस्तृत समीक्षा गर्नुभएको थियो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको लोकार्पण समारोहमा शंकर भारती, डा शान्तिमाया गिरी र नियात्राकार डा. सदानन्द कडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।