पाल्पा, लुम्बिनी वाङ्मयप्रतिष्ठान नेपाल पाल्पाले आज एक विशेष कार्यक्रमकाे आयोजना गरी स्रष्टा सम्मानका साथमा दाेस्राे अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रम प्रतिष्ठान पाल्पाका कार्यबाहक अध्यक्ष कमल खत्रीको सभापतित्वमा सम्पन्न भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार टंक पन्थलाई आमन्त्रण गरिएको थियोे । विशिष्ट अतिथिका रूपमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद उपस्थित थिए । यसैगरी सम्मानित व्यक्ति पुष्कर अथक रेग्मी, तानसेन नगरपालिका ६ का वडाध्यक्ष सागरमान महर्जन, पुरस्कार दाता लव जाेशी विशेष अतिथिका रूपमा आमन्त्रित थिए ।
अतिथिका रूपमा प्रतिष्ठानका केन्द्रीय महासचिव अर्जुन शर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंह, धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पाैड्याल, पाेखराथाेक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, नारी विकास तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाकी अध्यक्ष मन गहिरे, प्यारागन बाेर्डिङ स्कुलका प्राचार्य गंगा खत्री, डा. शंकरप्रसाद गैरे लगायतका व्यक्तिहरू आमन्त्रित थिए ।
प्रमुख अतिथिद्वारा ब्यानर वाचन गरी कार्यक्रमकाे उद्घाटन भएको थियोे । यसपश्चात् साहित्यकार लव जाेशीद्वारा स्थापित ”रामबहादुर सुन्दरीमाया जाेशी स्मृति शीत साहित्य पुरस्कार” नगदसहित, प्रमाणपत्र तथा दाेसल्ला ओढाएर शीत काव्यका परिकल्पनाकार, अथक साधक पुष्कर अथक रेग्मीलाई सम्मान अर्पण गरियो । यससँगै स्रष्टाहरूबाट सिर्जना प्रस्तुत गर्ने काम भयो । साहित्यकार गाेविन्द नेपालले केही छेस्का कविता वाचन गरे । प्रतिष्ठानका महासचिव अर्जुन शरले स्रग्विणी शीर्षकमा रचिएको ‘माकुरो’ कविता वाचन गरे । साहित्यकार गंगा खत्रीले ‘खबरबाटै बेखबर’ शीर्षकको कविता प्रस्तुत गरे । हरि भट्टराईले ‘म एक्लै’ शीर्षकको कविता, पुष्कर आचार्यले ‘शक्ति हराएका इन्द्रिय’, हाेमनाथ शर्मा काफ्लेले ‘नेपाल हाम्रो घर’, महेन्द्रकुमार पन्थीले ‘म स्कुल जान्न बाबा’ र गुणवती केसीद्वारा गजल प्रस्तुत गरियो । समसामयिक चेतना र मर्मकाे प्रस्तुति रचनाहरूमा व्यक्त भएको थियोे । समाजको यथार्थ अवस्थालाई उजागर गरिएका सिर्जनाका केन्द्रमा देशभक्ति र सुधारको आग्रह व्यक्त भएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गरे । शुभकामना व्यक्त गर्नेहरूमा नारी विकास तथा सांस्कृतिक प्रतिष्ठानकी अध्यक्ष मन गहिरे, पाेखराथाेक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पाैड्याल, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंह, विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, पुरस्कार दाता लव जाेशी, डा. शंकरप्रसाद गैरे, वडाअध्यक्ष सागरमान महर्जन थिए । वक्ताहरूले साहित्य, सिर्जना र हाम्रो अवस्थालाई झल्काई लुम्बिनी वाङ्मय प्रतिष्ठानले गरेका कामलाई झल्काए । दाेस्राे अधिवेशनकाे सफलताको कामनाका साथमा सक्रिय नेतृत्व निर्माणको शुभकामना पनि व्यक्त गरे ।
सम्मानित व्यक्तित्व पुष्कर अथक रेग्मीले यस प्रकारको सम्मानबाट सम्मानित भएकोमा गाैरवकाे अनुभूति भएको विचार व्यक्त गरे । पुरस्कार दाता लव जाेशीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । निष्काम कर्म गर्नुमै गाैरवकाे महसुस हुने कुरा पनि व्यक्त गरे उनले । विशिष्ट अतिथि ऋषि आजादले संस्थाकाे उद्देश्य, बाह्रवटा जिल्लामा समिति गठन गरिएका कुराका साथै आयतनका दृष्टिले हाम्रो संस्था व्यापक छ भन्ने कुरा उल्लेख गरे । हाम्रो संस्थाले विविधतालाई जाेडेकाे छ, परिचय र पहिचान सबैको छ भन्ने धारणा राखे । सभ्यताको खाेजी पनि साहित्यकाे काम भएको सन्दर्भ पनि जाेडे । प्रमुख अतिथिद्वारा प्रतिष्ठानकाे इतिहासलाई झल्काई पाल्पाका संस्थापक अध्यक्ष शालिकराम पाैडेलकाे कार्यकालमा भएका गतिविधिकाे सङ्केत गरी आगामी कार्यसमितिले सक्रियताका साथ अगाडि बढ्नुपर्ने जिम्मेवारी रहेको कुरा उल्लेख गरियो ।
दाेस्राे सत्रकाे कार्यक्रममा नयाँ कार्य समिति निर्माण गर्ने काम भयो । साहित्यकार तथा प्रतिष्ठानकी निवर्तमान सचिव कृष्णकला भण्डारीकाे अध्यक्षतामा सर्वसम्मत रूपमा सात जनाको कार्यसमिति गठन भयो । समितिका पदाधिकारी र सदस्यहरू यसप्रकार रहेका छन् :
कृष्णकला भण्डारी – अध्यक्ष
गाेविन्दप्रसाद नेपाल – उपाध्यक्ष
तुल्सीराम पाेखरेल – सचिव
गाेविन्द खनाल – सहसचिव
राेहित प्रसाद ज्ञवाली – काेषाध्यक्ष
अनिता आचार्य – सदस्य
गुणवती केसी – सदस्य
कार्यक्रममा विगत कार्यकालको सन्दर्भलाई प्रकाश पार्ने काम कार्यक्रमका अध्यक्ष कमल खत्रीले गरे । उपस्थित अतिथि तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्ने काम पनि उनले गरे । कृष्णकला भण्डारीकाे सञ्चालनमा भएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्ने काम गाेविन्द खनालले गरेका थिए । लुम्बिनी वाङ्मय प्रतिष्ठानकाे गठनदेखि यसको विकास विस्तारमा विशिष्ट भूमिका खेलेका संस्थापक केन्द्रीय अध्यक्ष स्वर्गीय हिमलाल ज्ञवालीको स्मरणमा एक मिनेट माैनधारण गरी कार्यक्रम समापन गरिएको हाे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

