
कार्यक्रममा डा. दामोदर पुडासैनीलाई प्रमुख अतिथि धनश्याम राजकर्णीकारले सम्मान पत्र अर्पण गर्नुभएको थियो भने नियात्राकार पवन आलोकले नगद रु २५ हजार र दोसल्ला अर्पण गर्नुभएको थियो । सभाध्यक्ष प्रतीक ढकालले पवन आलोक पुरस्कार अँकित विशेष टोपि सहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरू श्रीओम श्रेष्ठ, महेश पौडेल, जय छाङ्छा, मोहन चापागाईं, चन्द्रप्रसाद भट्टराई र प्रतीक ढकालले डा. पुडासैनीले नियात्रा साहित्यलाई विशेष उचाइमा पुर्याउनुभएको धारणा व्यक्त गरेका थिए । नियात्राको नाममा सपाट बयान र व्यक्तिगत कुण्ठा लेख्नेहरूको भीडलाई पन्छाउँदै डा पुडासैनीले नियात्रालाई नवीन शैली र विषयको माध्यमद्वारा बिशेष स्थान कायम गर्नुभएको धारणासमेत उनीहरूले व्यक्त गर्नुभएको थियो ।
डा पुडासैनीको अर्को नियात्रा सङ्ग्रह डोल्पो ! ओ डोल्पो ! यही २०७९ सालमा साझाप्रकाशनले प्रकाशमा ल्याएको छ । प्रकाशनको दुई महिना अवधिमै अत्यन्त चर्चामा रहेको डोल्पो ! ओ डोल्पो ! सर्वाधिक बिक्रीको सूचिमा स्थान जमाउनसमेत सफल भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
फाल्गुन ५, शुक्रबार १६:०१