Chovar Blues Mobile Size


सिलिगुडी, २३ जनवरी

चर्चित कवि मनप्रसाद सुब्बा तथा राजेन्द्र भण्डारीका प्रतिनिधि कविताका छुट्टाछुट्टै सङ्ग्रह भारतकाे सिलिगुडीमा विमाेचित ‍भएका छन् । नयाँ दार्जिलिङ माेड, सिलिगुडीस्थित दुर्गा जनकल्याण सङ्गठनकाे सभाभवनमा आयाेजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि माेहन ठकुरी तथा अन्य अतिथिहरूले उक्त कृतिहरूकाे लाेकार्पण गरेका हुन् ।

महेश पाैड्यालले सम्पादन गरेका यी कृतिलाई पेज टर्नर प्रालिले बजारमा ल्याएकाे हाे ।

कार्यक्रममा बाेल्दै पेज टर्नर प्रालिका व्यवस्थापक जयराम तिमल्सिनाले आफू नेपाल र भारतबीच साहित्यिक कृतिकाे सहज आदानप्रदानका लागि काम गर्न इच्छुक रहेकाे बताए । सम्पादक महेश पाैड्यालले कविद्वयका सिर्जनालाई भारत र नेपालका अतिरिक्त विश्वभरिनै पुर्याउने आफ्नाे चाहनाअनुरूप यी कृतिकाे सम्पादन गरेकाे बताए ।

विशिष्ट अतिथि प्राध्यापक डाक्टर घनश्याम नेपालले सम्पादक पाैड्याललाई अत्यावश्यक कार्य गरेकाेमा बधाई दिए र कविद्वयकाे काव्यिक याेगदानकाे चर्चा गरे । कवि मनप्रसाद सुब्बा र राजेन्द्र भण्डारीले आफ्ना प्रतिनिधि कविताको यस रूपकाे प्रकाशनले आफूहरू हर्षित भएकाे बचाए । प्रमुख अतिथि माेहन ठकुरीले नेपाल र भारतका सर्जक र प्रकाशकबीच यस प्रकारकाे सहकार्यले निरन्तरता पाउनुपर्ने कुरामा जाेड दिए ।

सर्जक लतिका जाेशीले कविद्वयका सिर्जना वाचन गर्नुका साथै सभामा कविद्वय र सम्पादक पाैड्यालकाे परिचय गराएकी थिइन् । साहित्यकार खेम सापकाेटाले आफू पनि यस प्रकारकाे साहित्यक सहकार्यका लागि तत्पर र उत्साहित रहेकाे जनाए ।

कार्यक्रममा सिक्किम, कालेबुङ, सिलिगुडी, दार्जिलिङ, डुवर्स, असम, मणिपुर र नेपालका साहित्यकारहरूकाे बाक्लाे उपस्थिति थियाे ।