
ज्याग्दीखोलाको तरङ्ग साहित्यिक पत्रिका वर्ष -८, अङ्क-२, पूर्णाङ्क-२९ लोकार्पण एवम् काव्य वाचन समारोह वालिङ नगरपालिका- ६ मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेण्टको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्ष ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले गर्नुभएको थियो ।
पाल्पाबाट अतिथिहरू पोखराथोक साहित्य प्रतिष्ठानका अध्यक्ष हरि भट्टराई, राजेन्द्र गोपाल सिँह, पुष्करराज रेग्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्ष ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले गर्नुभएको थियो ।
प्रमुख अतिथि नगर प्रमुख कृष्ण खाँण, कार्यक्रमसञ्चालन- श्याम ढुङ्गाना, ज्याग्दीखोलाको तरङ्ग साहित्यिक पत्रिकाको समीक्षा भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालले गर्नुभएको थियो ।
कार्यक्रममा सीता अर्याल पंगेनी, बिप्लव खनाल, बोधराज न्यौपाने, हरी भट्टराई, पुष्करराज रेग्मी, राजेन्द्र गोपाल सिंह, दमकमा बगाले, चिन्तु गिरी, शम्भु अर्याल, मुकुन्दराज डोटेल, हरि पंगेनी, टीकाराम वाग्ले, सीताराम अधिकारी लेखनाथ काफ्ले, लोकराज खनाल, कमल बगाले, डा अच्युत शरण अर्याल लगायत एक दर्जनभन्दा बढी श्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ मंसिर २०८२, बुधबार 






