नयाँ दिल्ली / कलिंग लिटरेरी फेस्टिभल भारतले केएलफ बुक अवार्ड २०२२ का लागि विभिन्न श्रेणीहरूमा अवार्डहरू घोषणा गरेको छ ।
पुरस्कृत पुस्तकहरू हिन्दी भाषामा प्रकाशित साहित्यिक पुस्तक, अनुवाद पुस्तक, व्यापार पुस्तक, पर्यावरण पुस्तक, जीवनी र आत्मकथा, बाल पुस्तक, खेलकुद पुस्तक, लाइफस्टाइल र इमर्जिङ ट्रेन्ड यी सबै वर्गहरूमा प्रकाशित गरिएका पुस्तकहरूबाट चयन गरिएको हो ।
विजेतालाई फेब्रुअरीमा स्वस्ती प्रिमियम होटल, भुवनेश्वर, ओडिशा, भारतमा आयोजना हुने वार्षिक कलिंग लिटररी फेस्टिभलमा सम्मानित र पुरस्कृत गरिनेछ ।
महोत्सवमा पुरस्कृत लेखकहरू र तिनीहरूका पुस्तकहरू प्रदर्शन गरिनेछ । सञ्जीव सान्यालको पुस्तक (रिभोल्युशनरीजस द अदर स्टोरी अफ हाउ इन्डिया वोन इट्स फ्रिडम, कैलाश सत्यार्थीको पुस्तक ‘तुम पहले क्यु न आये, हिन्दोल सेनगुप्ताको ‘गायन, नृत्य र प्रार्थना’ श्रीला प्रबहुपाडा संस्थापक आचार्यको ‘प्रेरणादायक कथा’ रञ्जित होस्कोटेको ‘हंचप्रोज, प्रवीण कुमारको अमर देशवा लगायत अन्य यस वर्ष केएलएफ बुक अवार्डमा छनोट भएका छन् ।
प्रतिष्ठित केएलफ बुक अवार्ड २०२२ का लागि निर्णायक मण्डलबाट दुई नेपाली लेखकहरू चुनिएका छन् । साहित्यकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’का लागि र लेखक सुमित शर्मा ‘समीर’को पुस्तक ‘वेक अप अर्ली वेक अप नाउ’ ‘केएलफ बुक अवार्ड २०२२का लागि छनोट भएका हुन् ।
पुरस्कृत नेपाली साहित्यकार रञ्जना निरौला सम्पादक, समालोचक, नेपाली र अङ्ग्रेजी साहित्यमा कलम चलाउने कवि, प्यानलिस्ट, अनुसन्धानकर्ता, क्युरेटर तथा वक्ता हुनुहुन्छ। सुमित शर्मा ‘समीर’ भने लन्डन स्कूल अफ इकोनोमिक एन्ड पोलिटिकल साइन्स, बेलायत र क्वीन्स युनिभर्सिटी, क्यानडाका स्नातक हुनुहुन्छ । उहाँले लोयओला कलेज, चेन्नई, भारतबाट समाजशास्त्रमा स्नातक पूरा गर्नुभएको छ । उहाँको ‘वेक अप अर्ली वेक अप नाउ’ नेपाली भाषाबाट अनुवाद गरिएको उहाँको पहिलो कथाको कृति हो ।
हाल उहाँ बेलायती राजदूतावास, काठमाडौं, नेपालमा, राजनीतिक सल्लाहकारको रूपमा कार्यरत हुनुहुन्छ ।
केएलफ बुक अवार्डले स्थापित र नयाँ लेखक दुवै विधाका साहित्यिक प्रतिभाहरूलाई पहिचान, मान्यता, प्रोत्साहन र सम्मान गर्ने अवसरहरू खोल्छ ।
यसको उद्देश्य भविष्यका साहित्यिक प्रतिमाहरूलाई आकार सम्मान र प्रोत्साहन दिनु हो । भुवनेश्वरमा केएलफको वार्षिक कार्यक्रम फेब्रुअरी २४, २५ र २६ २०२३ मा हुने केएलफ बुक अवार्डका निर्णायकहरूको सिफारिसका आधारमा चयन गरिएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।