गत महिनाबाट सुचारू हुँदै आएको द पोएट आइडल अहिले सातौँ एपिसोडमा पुगेको छ । ५ माघ बिहीबार राति ८:३० बजे द पोएट आइडलका १४ प्रतियोगिहरूले आफ्नो सानो परिचयसँगै प्रस्तुति पनि दिएका छन् । उक्त प्रतियोगिहरूलाई २ अब लागौँ प्रतियोगिहरूको सानो परिचयर उनीहरूको भनाइ तर्फः

ग्रुपः ए

मिल्सन राई, भोजपुरः
यहाँ पूर्वदेखि पश्चिमसम्मका सबै साथीहरूसँग भेट हुन पाइएको छ । देशभरिका साथीहरू भेट्दा र उहाँहरूका थरीथरीका लेखनशैली हेर्न, पढ्न र सुन्न पाउँदा खुसी लागेको छ । मलाई चाहिँ कविता कुन बेला फुर्छ र कुन बेला त्यो समाप्त हुन्छ थाहा नै हुँदैन । कविता शान्त ठाउँमा फुर्छ र भीडभाडमा फुर्छ भन्ने नै हुँदैन ।

छबिना लुङ्गेली मगर, सुनसरीः
पोएट आइडलमा आउन पाउँदा मलाई धेरै खुसी लागेको छ । यहाँ उपस्थित धेरै साथीहरूसँग मैले केही नयाँ नौलो कुराहरू सिक्न पाएको छु । पोएट आइडलको कारण मैले एउटा कोठामा थुनिएर बसेका कविताहरू सिङ्गो देश र समाजमा फैलाउन पाएको छु । यहाँ आउन पाउदा मनमा उत्साह र के कस्तो होला भन्ने कौतुहल पनि लागेको छ ।

गगन लिम्बु, मोरङः
अहिले म ३१ वर्षको भएँ । मेरी श्रीमती चाहिँ वैदेशीक रोजगारीको लागि कतारमा छिन् । मेरा २ छोरीहरू छन् । बुबा नभएकोले सानैदेखि आमाले दुःख गरेर हामीलाई हुर्काउँनुभयो । मैले कखरा सुरू गर्दा अक्षरहरू उल्टो लेख्ने गरेको थिएँ । अक्षर उल्टो लेख्दा सबैले गाली गर्थे । त्यही उल्टो अक्षरको सुरूवातले अहिले म कविता लेख्ने भएको छु । म चाहीँ गाउँमा कृषिकर्म गर्छु ।

[embedyt] https://www.youtube.com/watch?v=sfRAztlwD2s[/embedyt]

निलम गुरुङ, सिक्किमः
कविता मैले सानैदेखि लेख्दै आएकी हुँ । म नेपाली भाषाको माध्यमिक तहकी शिक्षिका हुँ । कविता लेख्नुको साथै मैले अरू पनि थुप्रै कार्यक्रममा उद्घोषकको रूपमा पनि धेरै काम गरेकी छु । म पहिलोपटक काठमान्डौँ आएकी हुँ । मलाई प्लेनमा भन्दा गाडीमा चाहिँ नेपाल आउन मन थियो । मलाई यताको नेपाली उताको नेपालीबीचको केही फरकपनबारे जान्न मन थियो । नेपालबारे मलाई धेरै कुराहरू जान्ने मन छ ।

अनुप न्यौपाने, दोलखाः
घरी कता घरी कता दौड्ने क्रममा म पोएट आइडलसम्म आइपुगेँ । म आफू प्रतिस्पर्धाको लायक छु कि छैन भन्ने कौतुहल जागेको कारण पोएट आइडलमा आएको हुँ । मलाई चाहिँ यहाँ आइडलको उपाधि जित्न सके राम्रो हुन्थ्यो भन्ने लागेको छ । जितेपछि नाम र दामको साथै पाँच लाखको किताब पनि छापिने छ । यस्तो हुन सके गज्जब हुन्छ भन्ने लागेको छ ।

युग सर्वनाम, रोल्पाः
मेरो नाम चाहिँ किरण पुन मगर हो । युग सर्वनाम चाहिँ मेरो साहित्यिक नाम हो । मेरो खासै केही पेसा छैन । कक्षा १२ मै मैले मेरो अध्यनलाई रोकिदिएँ । मसँग खासै त्यस्तो ठूलो उदेश्यहरू पनि केही छैनन् । पोएट आइडल सुरू हुने खबर थाहा पाएपछि चाहिँ मैले बाआमालाई अब म पोएछ आइडल जाँदै छु । मेरो कार्यक्रम टिभीमा पनि आउँछ । हेर्नुहोला है भनेर यहाँसम्म आएको छु ।

पिन्की बोहोरा, महेन्द्रनगरः
म सानैदेखि कविता लेख्थेँ । कोरोनाकालमा मैले कवितालाई चाहेजति समय दिन सकेँ । नेपालमा साहित्य कलामा भविष्य छैन भन्नेहरू धेरै छन् । तर मलाई लाग्छ यसमा भविष्य छ । कविता केवल सुन्ने लेख्ने मात्र नभएर यसले समाजमा प्रतक्ष या अप्रतक्ष केही न केही प्रभाव पार्न सक्नुपर्छ ।

 

ग्रुप बीः 

न्याथन रायन, कन्चनपुरः
कविता चाहिँ मेरो लागि पहिलो भाषा बन्न पुग्यो । कविता मेरो धर्म हो । कवितामा मलाई गध शैली अति नै मन पर्छ । यसमा कुनै नियम छैन । कविता मेरो लागि कल्पनाशैली मात्र नभएर यथार्थ र खोज हो । र म यही खोजको प्रक्रियामा लागेको छु । मलाई लाग्छ । यो यात्रा लामो छ ।

मल्लिका खतिवडा, झापाः
मैले कविता सानैदेखि लेख्न थालेकी हुँ । अहिले आएर ती कविताहरू हेर्दा अलिअलि हाँसो पनि लाग्छ । ती कविता थिए या थिएनन् भन्ने पनि लाग्छ । यहाँ म जित्नैपर्छ भन्दा पनि केही अनुभव समेट्नको लागि आएकी हुँ ।

पल्लविब, दार्जिलिङः
पेसाले म फिल्ममेकर हुँ । कविता चाहिँ मेरो प्यासन । मलाई पोएट आइडल आउन पाउदा धेरै खुसी लागेको छ । कविता साधरण र सबैले बुझ्ने हुनुपर्छ । कविता चिया बेचिरहेको मान्छेले बुझोस् । खेत खनिरहेको किसानले बुझोस् । साधारण भन्दा साधरण मान्छेको दिललाई छोओस् । साधारण जस्तो तर मीठो, सबैलाई छुने कविता मलाई असाध्यै मन पर्छ । दार्जिलिङ र नेपाल पूर्खादेखि नै नेपाली भाषाको प्राण भएको कारण पनि मलाई नेपाल धेरै मन पर्छ ।

अब्यग्र अस्मित, स्याङजाः
मैले चाहिँ कक्षा १० मा हुँदा लक्ष्मिप्रसाद देवकोटाको छन्द कविताले उत्प्रेणित भएर कविता लेख्न थालेको हुँ । त्यो बेला मलाई छन्दको बारेमा केही पनि थाहा थिएन । पोएट आइडलमा आएर अग्रजहरूको साथै केही साथीहरूको साथमा रहन पाउँदा धेरै खुसी छु । विशेष त म दिउसो भन्दा रातको समयमा कविता लेख्ने गर्छु ।

महेन्द्र राई, सुनसरीः
म कविता सुन्न लेख्न र पढ्न धेरै मन पराउँछु । जिन्दगी बाट हरेश नखाएर, बरू जिन्दगीलाई सहज रूपमा जिउनु पर्छ । जीवनमा केही विशेष काम गर्नुपर्छ भन्ने हेतुले नै म कविता लेख्ने गर्छु । कविता लेख्दा जति आनन्द अरू काम गर्दा मलाई त्यति आउदैन ।

लक्ष्मीप्रसाद मादेन, ताप्लेजुङः
मेरो एक छोरा र एक छोरी छन्, पहिला मलाई यहाँ आउन खर्चको कारण समस्या आइपरेको थियो । परिवारले मलाई यहाँ पठाउन मानेका थिएनन् । यहाँ आउनको सबै विशेषता परिवारलाई बुझाएर मात्र म यहाँ आएको हुँ । पोएट आइडल भनेको भाग्यको ढोका हो । यसले धेरै नेपाली कविताप्रेमीहरूलाई अवसरको ढोका खोलिदिएको छ ।

मनु अधिकारी, कैलालीः
लेखनको विशेषता भनेको धेरै कम मान्छेलाई मात्र थाहा छ । मैले जति पनि कविता लेखेको छु, सबै आफू एक्लै बसेर लेखेको छु । मलाई यहाँबाट जितेर नै जानुपर्छ भन्ने पनि छैन । मलाई यहाँ केही गतिलै छाप छोडेर जान मन लागेको छ । पोएट आइडल हाम्रो लागि एउटा राम्रो प्याटफर्म हो । यही प्लयाटफर्मको लागि नै म यहाँ आएको हुँ । 

यो परिचयात्मक प्रस्तुतिसँगै बिहीबारको सातौ एपिसोड सकिएको छ । आाज आठौँ एपिसोडको प्रस्तुति हुनेछ । यहाँहरूले OSR युटुव च्यानलमार्फत यो प्रस्तुति हेर्न सक्नुहुनेछ । धन्यवाद ।