पुल्चोक क्याम्पसमा रहेको सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपालले यही माघ २१ गतेबाट देशव्यापी खुला कविता प्रतियोगिताको आयोजना गर्न लागेको छ । सन् २००४ मा स्थापना भएको यस समाजले हरेक वर्ष देशव्यापी रूपमा कविता प्रतियोगिताको साथै अरू पनि थुप्रै कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
३ दिने कार्यक्रममा अरू पनि अरू पनि थुप्रै कार्यक्रमहरू रहेका छन् । ती कार्यक्रमहरूमध्ये (IOE Poetry Champ 4.0) चाहिँ मुख्य कार्यक्रम रहेको छ । यो देशव्यापी खुल्ला कविता प्रतियोगिता भएकोले देशभरका साहित्यप्रेमीहरूलाई एक एक ओटा कविता लेखि पठाउँनुहुन विनम्र अनुरोध गरिन्छ ।
पुरस्कारहरूः
प्रथम पुरस्कार रू १५ हजार
दिृतीय पुरस्कार रू १० हजार
तृतीय पुरस्कार रू ५ हजार
यहाँ पठाइएका कविताहरूमध्ये १५ ओटा कविताहरू छनोटमा पर्नेछन् र छनोटमा परेका ती कवितालाई यही माघ २१ गते पुल्चोमा आयोजित कार्यक्रममा वाचन गर्न लगाइने छ । साथै अन्तिम निर्णय पनि त्यही दिन सुनाइने छ ।
कविता पठाउँने ठेगानाः- ioepoetrychamp4@gmail.com रहेको छ ।
प्रतियोगिता सम्बन्धी आवश्यक जानकारी :
– कवि नेपाली नागरिक हुनुपर्ने छ ।
– कविता अङ्ग्रेजी वा नेपाली मध्य कुनै एक भाषामा लेखिनुपर्ने छ । सो कविता कविको अप्रकाशित आफ्नै मौलिक रचना हुनुपर्ने छ ।
– कविता ,कविको इच्छाअनुसार जुनसुकै शीर्षकमा लेख्न सकिनेछ तर कुनै पनि व्यक्ति, जाति ,समुदाय , लिङ्ग , धर्म, संस्कृतिलाई आघात पुर्याउन पाइने छैन ।
– हरेक प्रतियोगिले एउटा मात्र कविता पठाउनुपर्ने छ । एकभन्दा बढि कविता प्राप्त भएको खन्डमा प्रथमप्राप्त कवितालाई मात्र प्रतियोगी कविता मानिने छ |
– प्रतियोगीले आफ्नो नाम, ठेगाना, स्पष्ट खुलाई, अध्ययनरत संस्थाको नाम ( विद्यार्थीहरुको लागि मात्र) , आफ्नो फोन नम्बर उल्लेख गरी ioepoetrychamp4@gmail.com मा आगामी माघ १५ गते बेलुका १२ बजेसम्म कविता पठाइसक्नुपर्ने छ । कविता CESS Nepal ले उपलब्ध गराएको गुगल फर्म मार्फत पनि पठाउन सकिन्छ
– प्राप्त रचनाहरु मध्यबाट उत्कृष्ट कविताहरु छनोट गरिने छ र छनोट हुनु भएका कविहरुलाई कविता वाचनका निम्ति माघ २१ गते पुल्चोक क्याम्पसमा बोलाइनेछ । २१ गते निर्णायकहरुले कविहरुको कविताको साथै कविता वाचन गर्ने शिल्पलाई पनि मध्यनजर गर्दै अन्तिम परिणाम सुनाउनु हुनेछ ।
आयोजकः सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल, पुल्चोक ललितपुर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।