गुञ्जन साहित्य संस्था काठमाडौँकाे आयोजना र पाल्पा साहित्य समाजको सहआयाेजनामा गत पुस २८ गते तानसेनकाे गाैरीशंकर हाेटेलमा साहित्य पर्यटन सम्पन्न गरियो ।

साे कार्यक्रममा काठमाडौँबाट आएका र स्थानीय गरी त्रिपन्न जना स्रष्टाले आआफ्ना रचनाहरू पाठ गर्नुभएको थियो ।

गुञ्जन साहित्य संस्था काठमाडौँ अध्यक्ष जलेश्वरी श्रेष्ठको अध्यक्षतामा भएको त्यस गाेष्ठीकी प्रमुख अतिथि साहित्यकार पद्मावती सिंह हुनुहुन्थ्यो ।
कविता वाचन गर्नेहरूमा शान्ति रिसालले ‘पलेती खाेज्दैखाेज्दै’, प्रभा बरालले ‘आमाको आँसु’, रश्मि रिमालले ‘आमा म यही देशमा हुन्छु’, ललिता दाेषीले ‘इन्द्रेणी सपनाहरू’, सीता विष्ट कार्कीले ‘पाल्पा’, डा. शशि पण्डितले ‘बाटाे’ शीर्षकको कविता पाठ गर्नुभयो ।

स्रष्टा तथा समालोचक व्यक्तित्व डा. रजनी ढकालले गुञ्जनका बारेमा प्रकाश पार्नुभयो । गुञ्जन स्थापनाकाे प्रयाेजनलाई झल्काई गुञ्जनले गरेका कामकाे विवरणसमेत प्रस्तुत गर्नुभयो । ‘सहयात्री’ शीर्षकको कविता पनि उहाँले पाठ गर्नुभयो ।

सुस्मिता नेपालले ‘कि बाेर्डमा औँलाहरू चाल्न खाेज्दा’, प्रविना कुवर ‘समय र म’, जानुका भाटले मुक्तक, विशाखा वज्राचार्यले ‘आमा’, विष्णु तिमिल्सिनाले ‘कविता बजारमा सर्वत्र उपलब्ध छन्’ , नारायणी सिग्देलले ‘विद्या’, शिखा पहारीले ‘उमेर’ , पवन भुसालले ‘सपना’ शीर्षकको कविता अनि रजत काेइराले ‘बनिदेऊ’ शीर्षकको गीत प्रस्तुत गर्नुभयो । जनक भण्डारीले कथा प्रस्तुत गर्नुभयो।

यस्तै अमर भाटले ‘सत्यबोध’, सुशील बस्यालले ‘जागिर’ शीर्षकको कविता पाठ गर्नुभयो । स्मृति खनालले धन्यवाद व्यक्त गर्नुभयो । चन्द्रकला खनालले ‘वैदेशिक यात्रामा छोरा’, आयाम कार्कीले ‘नेपाली हुँ म स्वाभिमानी’ भावको गीत प्रस्तुत गर्नुभयो । असीम ढकालले ‘म गीत गाउँछु म गीतै बाँच्छु’ बाेलको अङ्ग्रेजी गीत प्रस्तुत गर्नुभयो । सीता खनालले ‘पानी’ शीर्षकको कविता, शारदा ढकालले ‘नेपाल भन्दै मरूँ’, धातानन्द शर्माले वर्तमानको यथार्थलाई झल्काउने केही हाइकुहरू प्रस्तुत गर्नुभयो । ज्ञानु न्याैपानेले ‘सरकार म विदेशै जान्छु’, जानका नेपालले गजल वाचन गर्नुभयो ।

सराेज काफ्लेले ‘बाेझ’ शीर्षकको सशक्त कविता वाचन गर्नुभयो भने गाेमविक्रमले मुक्तकहरू प्रस्तुत गर्नुभयो । जनकलाल कंडेलले ‘आशा’, सा‌ैन्दर्यवती शाक्यले ‘जन्मभूमिकाे महिमा’, राधादेवी सेढाईले ‘अपहेलित महिला’ शीर्षकमा गीत प्रस्तुत गर्नुभयो ।
यस्तै गाेमा पाण्डेले ‘आमा’, आरबी निश्चलले ‘समय चिन्तन’, नारायण काेइरालाले ‘जिउँदा बा’ शीर्षकको कविता पस्किनुभयो भने सीताराम घिमिरेले मुक्तकहरू प्रस्तुत गर्नुभयो । गाेविन्द खनालले ‘पहाड राेइरहेछ’, गाेविन्दप्रसाद नेपालले ‘राजनीतिको माछा’, गंगा खत्रीले ‘बा’का कथाहरू र मेरा बा’, राेहितप्रसाद ज्ञवालीले ‘पीडाहरू’, गुणवती केसी गजल प्रस्तुत गर्नुभयो ।

यसैगरी लक्ष्मणप्रसाद गाेदारले ‘गाैरव गाथा’ शीर्षक काे गीत प्रस्तुत गर्नुभयो । इन्दिरा ज्ञवालीले ‘राधिका’, हरिप्रसाद भट्टराई ‘चाेटहरू’, पुरुषाेत्तम अर्यालले ‘बेला छ यो अमृत’, महेन्द्र पन्थीले ‘आजकल सहर दुब्लाएकाे छ’, टंक पन्थले ‘कविता’, पुष्कर अथक रेग्मीले ‘मलाई अस्पतालमा भर्ना हुन मन लागेको छ’ शीर्षकका कविता पाठ गर्नुभयो ।

विशिष्ट अतिथि राजेन्द्रगाेपाल सिंहले पाल्पा साहित्य समाजले इतिहास निर्माण गरेको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले ‘सन्देश’ र ‘तनाव’ शीर्षकका दुई छाेटा कविता पनि वाचन गर्नुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि पद्मावती सिंहले साहित्यमा लाग्नु र यस्ता कार्यक्रमहरू सञ्चालन गर्नु चुनाैतीपूर्ण काम रहेको कुरा उठान गरी पाल्पा साहित्य समाजप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले ‘धेरै दिनपछि तिमी याद आयाै, भिजेकाे परेलीमा फेरि चिहायाै” बाेलकाे आफ्नै गीत सुमधुर स्वरमा प्रस्तुत गर्नुभयो ।

कार्यक्रमकी अध्यक्ष जलेश्वरी श्रेष्ठले उपस्थित सम्पूर्ण स्रष्टाहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको सञ्चालनमा भएको थियो ।