शिव सताक्षी कला,साहित्य,प्रतिष्ठानकाे आयाेजनामा ग्रीष्म अविरलकाे उपन्यास कृति ‘गाेर्खे’माथि परिचर्चा तथा विमर्श कार्यक्रम सम्पन्न गरियो ।
किरात यायाेख्या झिलझिलेकाे सभाहलमा आयाेजित कार्यक्रममा साहित्यकार धनकुटे कान्छा, सान्सेन पन्धाक , ज्याेति भट्टराई र कृतिकार ग्रीष्म अवीरलले कृतिगत विमर्शमा भाग लिनु भएको थियो।
नेपालमा लाहुर प्रचलनअघि मुना-मदनको मदन पैसा कमाउन ल्हासा जाने चलन थियो । पछि भारतका विभिन्न ठाउँमा कमाउन निस्कन थाले । अहिले भने खाडी लगायत विभिन्न मुलुकमा कमाउनका लागि जानेहरूको लर्को लाग्ने गरेको छ । यो लाहुर प्रवृत्तिमाथि उपन्यास लेखिएको उपन्यासकार ग्रीष्म अविरलले जनाउनु भएको छ ।
याे उपन्यासले भने भारतमा छ दशक बिताएकाे गाेर्खे पात्रकाे चरित्र माथि टिप्पणी गर्दै समाजकाे वास्तविकतामा उपन्यास आधारित रहेको छलफल कार्यक्रममा टिप्पणीकार धनकुटे कान्छाले बताउनु भयाे।
सान्सेक पन्धाकले यस उपन्यासकाे मुख्य पात्र गाेर्खे नभएर गाेमा वा नारी पात्र भएकाे उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पुरुषवादी हैकम सहेर गाेमाले आदर्श चरित्र निर्वाह गरेकी छन्।”
लेखक ग्रीष्म अवीरलले याे उपन्यास वास्तविक घटनामा आधारित रहेकाे बताउनु भयाे।
शब्दपथ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

