माघ १ गते वरिष्ठ साहित्यकार पोषण पाण्डेको ९० औं जन्मजयन्ती र उहाँको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले तेस्रो वर्षमा प्रवेश गरेको दिन उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै माघ १ गते ३१ बालबालिकाहरुलाई आवासीय रुपमा सेवा दिँदै आएको गोकर्णस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा एक अनौपचारिक कार्यक्रम आयोजना गरी मनाइयो ।

कार्यक्रममा भाइबहिनीहरुले साहित्यकार पाण्डेले रचना गर्नु भएको कविता वाचन गर्नुको साथसाथै आ आफ्नो कला प्रतिभा प्रस्तुत गर्नु भयो ।

बालबालिकाको  प्रतिभा प्रस्तुतिपश्चात पोषण पाण्डे तीर्थ सदनका अध्यक्ष श्री बिजय चालिसे ज्यु ले मान्छेको सबैभन्दा ठूलो सहयोगी भनेको आफू स्वयं हो र आफैंलाई बलियो बनाए भविष्यमा असल मान्छे बन्न सकिने बताउँदै बालबालिकाको हौसला बढाउनु भयो ।

कार्यक्रमकै अन्तमा सदनको तर्फबाट अपाङ्ग पुर्नस्थापना केन्द्रका नानीबाबुहरूलाई उपहार स्वरुप केही शैक्षिक तथा खेलकुद सामग्री पुनर्स्थापना केन्द्रका इन्चार्ज पास्तेम्बा शेर्पालाई हस्तान्तरण गरियो ।