काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल का विद्यार्थीद्वारा संचालित नेपाली कानुनी साहित्य समितिले पिडिएस नेपाल विद्यार्थी सञ्जालसँगको सहकार्यमा राष्ट्रिय कविता महोत्सव-२०७९ आयोजना गरेको छ।
महोत्सवमा विद्यार्थी केन्द्रित कविता प्रतियोगिता,सन्देशमुलक नाटक प्रदर्शन र सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो। महोत्सवमा भौतिक रुपमा र प्रविधिको माध्यमबाट सुदुरपश्चिमदेखि बागमती प्रदेशसम्मका विद्यार्थीलाई एकै ठाउँमा ल्याइएको थियो। महोत्सवमा जम्मा ७० जना हाराहारीमा सहभागीहरु उपस्थित भएका थिए।
धुलिखेल नगरपालिका सभा हलको प्रेक्षलयमा संचालित महोत्सवको प्रमुख अतिथि चर्चित गितकार एवम् साहित्यकार हरिहर तिमिल्सिना थिए भने विशिष्ट अतिथिको रुपमा पिडिएस नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता अजय शंकर झा ‘रुपेश’ र सोहि संस्थाका अध्यक्ष तथा पूर्व मुख्य न्यायाधीश एकराज आचार्य उपस्थित थिए।
महोत्सवमा संचालित विद्यार्थी केन्द्रित कविता प्रतियोगितामा नेपाली भाषा विज्ञ डा.अम्बु भवानी कार्की, कवि तथा समाजसेवी राजेन्द्र ओझा, कवि सुवास सिंह पराजुली र कवि रञ्जना निरौला सम्मीलित चार सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो।
उक्त टोलिले विद्यार्थी कविहरुको कवितालाई सुक्ष्म रुपमा केलाएर निर्णय गर्दा कवि प्रतिक अधिकारीले प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ भने कवि सुजन अछामीले दोस्रो स्थान,कवि स्वोस्ति बास्तोला ‘सफलता’ले तेस्रो स्थान र कक्षा ७ मा अध्ययनरत कवि कृतिका लामिछानेले चौथो स्थान हासिल गर्नुभएका थिए ।
कार्यक्रममा पुरस्कृत कविहरू प्राविधिक माध्यमले पनि जाेडिनुभएकाे थियाे ।
उक्त कार्यक्रमकाे मिडिया पार्टनर साहित्य पाेस्ट रहेकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२७ मंसिर २०८२, शनिबार 









