बाङ्गलादेश र नेपालबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले स्थापना भएको बाङ्गलादेश नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन भएको छ ।
सन् २०१६ मा स्थापना भएको समाजमा लायन मोसिउर अहमदको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन भएको छ ।
सन् २०२३–२०२५ का लागि ढाकामा सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षमा सेलीसेन गुप्ता, महासचिवमा सलाउद्दीन कुटु, सहसचिवमा मोहमद लुटफिर रहमान, कोषाध्यक्षमा खान मोहमद जहाँगिर आलम र सदस्यहरूमा मोहमद मोसिउर रहमान, मोहमद अमिनर रहमान, फहमिदा बिउरी, महनुर खान बिजु र डा.हाफिजा अख्तर सर्वसम्मत भएको जानकारी नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले दिनुभयो ।
शब्दपथ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला