गत शनिबार राष्ट्रिय विभूति अरनिको स्मृति दिवस तथा नेपाल व्यावसायिक कलाकार संघको २८औं स्थापना दिवसको अवसरमा अमात्य कला पुरस्कार २०७९ धरानका कलाकार एवं कला समीक्षक तीर्थ निरौलालाई प्रदान गरियो ।
ललितपुरका महानगरप्रमुख चिरीबाबु महर्जनले सो पुरस्कार प्रदान गर्नुभएको थियो ।
ताम्रपत्र र नगदसमेत रहेको सो पुरस्कारको राशि दश हजार रूपैयाँ रहेको थियो ।
प्रत्येक वर्ष दिइने यो पुरस्कार नेपाली कला क्षेत्रमा निरन्तर योगदान दिँदै आउने एक जना कलाकारलाई प्रदान गरिन्छ ।
यो पुरस्कार प्रथम आधुनिक कलाकार एवं मुर्धन्य कलाकार गहेन्द्रमान अमात्यद्वारा स्थापित कोषबाट दिने गरिन्छ । कार्यक्रममा कलाका विविध विधा र शीर्षकमा योगदान पु-याउने अन्य स्रष्टाहरू पनि पुरस्कृत हुनुभएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला