पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस दिवसको अवसरमा प्रदान गरिने पृथ्वी पुरस्कार यस वर्ष राजनीतिकशास्त्रका अध्येता डा. राजेश अहिराजलाई प्रदान गरिने भएको छ ।
बेलायतको लण्डनबाट प्रदान गरिँदै आएको एक लाख रुपैयाँ राशिको पुरस्कार डा. राजेश अहिराजलाई प्रदान गरिने भएको हो ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको पृथ्वी पुरस्कार यस वर्ष राजनीतिशास्त्रका अध्येता डा. अहिराजलाई दिइने बताए ।
राजनीतिमा आबद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका स्वतन्त्र बुद्धिजीवीलाई उक्त पुरस्कार बर्सेनि प्रदान गरिने क्षेत्रीले जनाए ।
गत वर्ष प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलाई पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको थियो ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले लन्डनमा ११ जनवरी बुधबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गर्दछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।