बाँकेका साहित्यकार महानन्द ढकालको उपन्यास ‘बुह्रान’लाई २०७९ सालको उत्कृष्ट पठनीय कृति सम्मान प्रदान गरिएको छ ।
विश्व नेपाली साहित्य महासङ्घको लुम्बिनी प्रदेश शाखाले सो सम्मान गरेको हो ।
नेपालका आदिवासी थारु जातिको सामाजिक र सांस्कृतिक रूपान्तरणमा केन्द्रित लेखिएको कृति ‘बुह्रान’ले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्याएको अविस्मरणीय योगदानको उच्च मूल्याङ्कन गर्दै सो उपन्यासलाई यस वर्षको उत्कृष्ट पठनीय कृति सम्मान प्रदान गरिएको विश्व नेपाली साहित्य महासङ्घको लुम्बिनी प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेलले जानकारी गराए ।
‘बुह्रान’ उपन्यासका लेखक साहित्यकार महानन्द ढकाललाई प्राज्ञ तथा वरिष्ठ साहित्यकार सनतकुमार रेग्मीले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला