काठमाडौं / पेन नेपालको आयोजनामा पेन बंगलादेशकी कोषाध्यक्ष तथा साहित्यकार साकिरा प्रविन सुमालाई नेपालमा स्वागत गरियो । स्वागतसँगै कविता गोष्ठी कार्यक्रम पनि सो अवसरमा सम्पन्न भएको छ ।
अन्नपूर्ण रेडियो स्टेशनको सभा कक्षमा सम्पन्न एक कार्यक्रमका बीच स्वागत तथा कविता गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पेन नेपालका अध्यक्ष रामकुमार पाँडेले, नेपाल र बंगलादेश बीचको पारस्परिक सम्बन्धलाई भावनात्मक रूपमा एकआपसमा संस्कृति तथा भाषा साहित्यलाई आदानप्रदान गर्न सकिने बताउनुभयो । साथै, उहाँले नेपाल र बंगलादेशको सम्बन्ध भौगोलिक अवस्था,जीवनशैली, हावापानी र कला संस्कृतिले समेत मिल्दोजुल्दो रहेको बताउनुभयो ।
त्यस्तै, पेन बंगलादेशकी कोषाध्यक्ष तथा साहित्यकार साकिरा प्रविनले, नेपाल र बंगलादेश बीचको सम्बन्धलाई भाषा, साहित्,य संस्कृतिले थप प्रगाढ बनाउन सकिने बताउनुभयो । साहित्यले संसारभरिका मानवहरूलाई विश्वबन्धुत्वको भावनामा बाँध्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा पेन नेपालका अध्यक्ष प्रा. रामकुमार पाँडे, सचीव भीष्म उप्रेती, कोषाध्यक्ष शिरोमणि दवाडी, डा. मित्रबन्धु पौडेल, डा. दामोदर पुडासैनी, रुप सिंह भण्डारीले मन्तव्यसहित अंग्रेजी कविता वाचनसमेत गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।