रूपन्देही / रूपन्देही जिल्लाको देवदह नगरपालिकास्थित युगीन साहित्य समाजले स्कुल-स्कुलमा युगीन, कलेज कलेजमा युगीन कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा देवदह नगरपालिकाभित्र रहेका प्रत्येक शैक्षिक संस्थाका साहित्यमा रुचि भएकालाई लेख्ने र सिक्ने अवसर दिइने बताइएको छ ।
२०६८ सालदेखि सुरु भएको कार्यक्रम विभिन्न कारणले रोकिएको र पुनः नवपुस्तालाई साहित्यमा जोड्ने र साहित्यक संस्थाको विकास एवम् उन्न्यन गर्न आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष सुशील सापकोटाले बताउनुभयो ।
उहाँले लामो समयदेखि साहित्यलाई देवदह जीवित रहन दिन युगीनको महत्त्वपूर्ण भूमिकाबारे उल्लेख गर्दै पुस्तान्तरण गर्ने सके मात्र साहित्यिक संस्था जीवित रहने बताउनुभयो ।
मंगलबार पुस १९ मा देवदह आदर्श बहुमुखी क्यापसबाट सुरु हुने कार्यक्रम समग्र देवदह नगरपालिकाभरि हुने संस्थाले जनाएको छ ।
रेशम अधिकारीद्वारा प्रेषित समाचार
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।