भक्तपुर, पुस १६ / पुस्तक अध्ययन संस्कृतिलाई व्यापक बनाउने उद्देश्यले स्थापित बुक क्लब भक्तपुरको दुई दिने लघु चलचित्र प्रदर्शनी शनिबार सम्पन्न भएको छ ।

सो चलचित्र प्रदर्शनीमा ह्युमन राइट फिल्म सेन्टरको सहयोगले लिवालीस्थित आस्था थियटरमा मानव अधिकार तथा जलवायु परिवर्तन सम्बन्धी ९ वटा लघु चलचित्र प्रदर्शन भएको थियो ।

उक्त चलचित्र प्रदर्शनीको पहिलो दिन राइजिङ टेम्प्रचर टु हिमालयस (Rising temperature to himalays), टोटो(ToTo), नेचुरल डेट(natural dates) प्रदर्शनी भएका थिए ।

त्यसै दोस्रो दिन आग्रे, सन्तोषी लगायत सुमित्रा शाखकर्मीको प्राइस अफ थर्स्ट (price of thirst) सहित ६ वटा लघु चलचित्रहरु प्रदर्शन भएका थिए ।

यही माघ ५ देखि ७ गतेसम्म हुने स्टुडेन्टस् बुक फेयरको प्रचारार्थ बुक क्लब भक्तपुरले पुस १५ देखि १६ गतेसम्म भएको उक्त चलचित्र प्रदर्शनीमा बंगलादेशी, नेपाली भाषाका लघु चलचित्रहरू प्रदर्शन भएको हो ।