काठमाडौँ, पुस १६ / नियात्रा समाजको आठौँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।

प्रतीक ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा मोहन चापागाईं, महासचिवमा जय छाङ्छा, कोषाध्यक्षमा भवानी खतिवडा तथा सदस्यहरूमा सुशील देउजा, बुलु मुकारूङ, सरस्वती अर्याल, राजेन्द्रमान डंगोल र विनोद नेपालय चयन हुनु भएको छ ।