नेपाली कवितामा श्रृंगारिक भावधारालाई आध्यात्मिक मानवतावादी, नीतिवादी एवं सुधारवादी बौद्धिक चेतना र चिन्तन परम्परा शुरू गर्ने नेपाली साहित्यका अद्वितीय प्रतिभा कवि शिरोमणि लेखनाथ पौड्यालको आज १३९ औँ जन्मदिन हो ।

डा. हेमनाथ पौडेलका अनुसार कवि शिरोमणिको शैलीशिल्पगत उच्चता र अभिव्यक्तिगत स्तरीयता उहाँका मूल विशेषता हुन् । उहाँका कवितामा संयम, अनुशासन र अभिव्यक्तिको परिष्कारवादी सौन्दर्य, नीतिवादी चेतना, प्रकृतिको वस्तुपरक चित्रण पाइन्छ । यति मात्र नभई गरिबी, अभाव र असमानताको प्रखर सामाजिक सञ्चेतनासमेत पाइन्छ ।

उहाँ नेपाली कवितामा आधुनिकतालाई प्रवेश गराउने कवि पनि हुनुहुन्छ । आज देशका विविध स्थानमा र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ उहाँलाई स्मरण गरिँदैछ ।