चर्चित कवि तथा गीतकार शीतल कादम्बिनी तमु वर्ष पुस्तक पुरस्कारबाट सम्मानित हुनु हुने भएको छ ।
तमू ह्युल प्राज्ञिक समितिको बैठकले तो ल्होँ (बाघ वर्ष) भरि प्रकाशित तमू स्रष्टाका १७३ पुस्तकमध्येबाट कादम्बिनीको ‘सिन्का पाउँरु’लाई पुरस्कृत गरिएको हो ।
कादम्बिनीको यो उपन्यासलाई पुरस्कृत गरिएको हो । गुरूङ समुदायभित्र अध्ययन तथा लेखन संस्कृतिमा अभिवृद्धि गर्ने उद्देश्यले सन् २०२० देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
तमू ल्होसारका दिन पुस १५ गते शुक्रबार यो पुरस्कार साहित्यकार शीतल कादम्बिनीलाई अर्पण गरिने तमू ह्युल प्राज्ञिक समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला