साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘मौन क्रन्दन’को अनलाइन विमोचन

Chovar Blues Mobile Size

काठमाडौँ/डा. सावित्री श्रेष्ठको कथा संग्रह “मौन क्रन्दन”को अनलाइन विमोचन आज शनिबार सम्पन्न भयो।

तीन दशकदेखि नेपाली साहित्य क्षेत्रमा संलग्न डा. श्रेष्ठ अक्षलोक साहित्यिक पत्रिकाकी सम्पादकसमेत हुन्। विशेषगरी महिला अधिकार र महिला तथा सिमान्तकृत वर्गको आर्थिक उत्थानका विषयवस्तुमा रहेर कलम चलाउँदै आएकी श्रेष्ठले कोविद १९ द्वारा सिर्जित विशेष परिस्थितिलाई मध्यनजर गरी अनलाइन विमोचन गरिएको हो।

विमोचनमा साहित्यकार कृष्ण बजगाईं, पद्मावती सिंह, वासुदेव अधिकारी, अश्विनी कोइराला, तथा डा. लेखप्रसाद निरौलाले कथावस्तुको विश्लेषण गरेका थिए।

यस बाहेक कार्यक्रममा विभिन्न साहित्यकार, साहित्य पारखी, बुद्धिजीवी, प्राध्यापकहरुको समेत सहभागिता थियो। कार्यक्रममा अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादक प्रा. सिद्घिश्वर मान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रम सञ्चालन पुस्कतको कभर डिजाइनर सञ्चार विशेषज्ञ स्वर्णिमा श्रेष्ठले गरेकी थिइन्। अनलाइनमा जुममार्फत कार्यक्रम सम्पन्न भएको थियो।

sagarmani mobile size
प्रतिक्रिया
Loading...