भक्तपुर, पुस ८ / विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा र बागमती प्रदेश शाखाको सयुंक्त आयोजनामा भक्तपुर शाखा गठन गरियो। सो अवसरमा रचनावाचन कार्यक्रमसमेत सम्पन्न गरियो ।

कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले गर्नुभएको थियो।

प्रमुख अतिथि विश्व नेपाली साहित्य महासंघ केन्द्रीय साहित्य तथा सञ्चार विभाग प्रमुख दामोदरकुमार ढकाल दीपकले प्रमुख अतिथ्यता गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन विश्व नेपाल शाखाका सचिव कृष्ण बहादुर के.सी.ले काव्यात्मक रुपमा आशन ग्रहण गराउँदै कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिहरू प्रा. डा. शैलेन्दु प्रकाश नेपाल., बिनेसाम केन्द्रीय आर्थिक सचिव के. बि. पौडेल र विनेसाम नेपाल शाखाका सल्लाहकार मणिराज सिंहका साथै शिब कुमारी के. सी, विनेसाम नेपाल शाखाकी उपाध्यक्ष सीता बिष्ट कार्की., राष्ट्रिय सुसेली मञ्च नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, चन्द्रा न्यौपाने, सुशीला ढकाल अधिकारी, सूचिता काफ्ले, बासुदेव ठकुरी, माधव बिडारी, धरणीधर गुरागाईँ, सुरेशचन्द्र घिमिरे, पूर्व सेनानी टंकबहादुर खत्री, जिज्ञासु पौडेल तिलक, कुलेश्वर पुडासैनी, गुनु केसी, राधिका रिमाल, भूमिका राई, रिता सिंह., गंगाप्रसाद तिवारी, सुबास सुबेदी, शिशिर ढकाल, विश्वास ढकाल, रेणु घिमिरे, संगीता ठाकुर लगायत उपस्थित हुनुहुन्थ्यो ।

उक्त समारोहमा स्वागत मन्तव्य माधव बिडारीले कव्यात्मक शैलीमा गर्नुभएको थियो । नेपालको राष्ट्रगानपछि कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिले सयुंक्त रूपमा द्वीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो।

विनेसाम केन्द्रीय आर्थिक सचिव के.बि.पौडेल र नेपाल शाखाका सल्लाहकार मणिराज सिंहले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रा. डा. शैलेन्दुप्रकाश नेपालले यस्ता साहित्यिक कार्यक्रम निरन्तर रूपमा गर्न र आफू हरतरहले सहयोग गर्न तयार रहेको बताउनु भयो।

उक्त समारोहमा ११ सदस्यीय विनेसाम भक्तपुर शाखा गठन गरियो । सोको नामावली अध्यक्षले पढेर सुनाउनु भयो भने प्रमुख अतिथिले टीका र खादा लगाई स्वागत गर्दै नवगठित टिमलाई कार्य सफलताको शुभकामना दिंदै आफू हरतरहले विनेसामको केन्द्रदेखि नेपाल, प्रदेश र जिल्ला शाखाको साहित्यिक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्न तयार रहेको बताउनु भयो।

भक्तपुर शाखामा अध्यक्षका रूपमा रेणु घिमिरे, सचिवमा संगीता ठाकुर, सहसचिवमा मोहिनी पौडेल, कोषाध्यक्षमा सविता कोइराला चयन हुनु भएको छ । यसैगरी सदस्यहरूमा राजबाबु श्रेष्ठ सागर, दुर्गा बराल, जगत नेपाल, भूमिका शर्मा, तारा सुनुवार, श्री केसी तथा सल्लाहकारहरूमा मणिराज सिंह र डा. राधेश्याम ठाकुर रहनु भएको छ ।