भैरव वाङ्मय पुरस्कार तथा भैरव प्रतिभा पुरस्कार क्रमशः गीतकार विश्वम्भर चञ्चल तथा कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।

वाङ्मय पुरस्कारको राशि एक लाख एक हजार १ सय ११ रूपैयाँ रहेको छ भने प्रतिभा पुरस्कारको राशि ५१ हजार १ सय ११ रूपैयाँ रहेको छ ।

नेपाली हास्यव्यङ्ग्यका महारथीद्वय वासुदेव शर्मा ल‌ुइँटेल र भैरव अर्यालको सम्बन्ध निकै प्रगाढ थियो । आफ्नो सुखदुःखको घनिष्ठ मित्र अर्यालको निधनपछि लुइँटेल ‘मणि’ विनाको सर्प भएका थिए ।

स्वर्गीय कमलमणि दीक्षितका अनुसार अर्यालको निधनको खबर सुनेर पाटनस्थित मदन पुस्तकालयको कोठामा छाती पिटीपिटी रोएका लुइँटेलले ‘मिल्ने भए यो भैरवको १३ दिने किरिया म आफैं बस्थे’ समेत भनेका थिए ।

भैरव पुरस्कार गुठीको स्थापनामा पनि लुइँटेलको महत्त्वपूर्ण योगदान रहेको छ । वासुदेव‑विद्यादेव लुइँटेल गुठीलाई भैरव पुरस्कार गुठीले व्यवस्थापन गर्दै आइरहेको छ ।

बासुदेव शर्मा लुइँटेल