दिङ्गलाली समाजले साहित्यकार सुमन वर्षालाई ‘अन्ततः यन्त्रणा’ उपन्यासका लागि ‘प्रतिभा कुल सम्मान-२०७९’ द्वारा सम्मानित गरेको छ ।

कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष भैरव बस्नेत र प्रमुख अतिथि वीरबहादुर बस्नेतले संयुक्तरूपमा सो सम्मान प्रदान गर्नुभएको हो ।

प्रमुख अतिथि लगायत वक्ताहरूले यो सम्मानले साहित्यकार सुमन वर्षालाई थप हौसला मिलोस् भनी शुभकामना दिनुभयो ।

सम्मानित साहित्यकार वर्षाले सम्मानले आफूलाई लेखनमा अझ थप जिम्मेवार बनाएको बताउनुभयो ।

शिक्षा क्षेत्र समर्पित रही साहित्य सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएकी स्रष्टा सुमन वर्षाको यसअघि एक उपन्यास कृति र एक कविता कृति (संयुक्त) प्रकाशित छन् ।