विगत लामो समयदेखि गजल लेखनमा सक्रिय गजलकार प्रकाश किरणको ‘नजर जुध्दा खेरी तिमी मुस्कुरायौ’ नामक गजलको भिडियो सार्वजनिक गरिएको छ ।

गायक तथा सङ्गीतकार थानेश्वर गौतम र सरु गौतमको स्वर तथा थानेश्वर गौतमको सङ्गीत रहेको यो गजल लगातार ५ दिनदेखि युट्युब ट्रेन्डिङमा रहेको छ ।

जिन्दगीको सफरमा जुधेका नजरहरुको बिगतको दृश्यलाई यो गजलले मीठो शैलीमा पस्केकोछ ।

पुष्प खड्का, स्मारिका ढकाल र रमेश चन्द्र सोडारीको अभिनय रहेको यो भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन्।

काबु क्रिएसनले निर्माण गरेको भिडियोमा समाजमा झाङ्गिदै गएको लिभिङ टुगेदर र यस्ले निम्त्याएको समस्यालाई उगागर गरेको पाइन्छ ।

[embedyt] https://www.youtube.com/watch?v=LJqwevqjSfY[/embedyt]