भक्तपुर, पुस १ / बुक क्लब भक्तपुरको आयोजनामा शुक्रबार केशव दाहालसँग अन्तर संवाद सम्पन्न भएको छ ।
पुस्तक अध्ययन संस्कृतिलाई बढाउने उद्देश्यले हरेक महिनाको अन्तिम शुक्रबार संचालन भइरहेको पुस्तकसँग सम्बन्धित अन्तर संवाद पु; १ गते पहिलो शुक्रबार सम्पन्न भएको हो ।
कान्तिपुर दैनिकका स्तम्भकार तथा लेखक केशव दाहालले बुक क्लब भक्तपुरको छैटौं शृङ्खलामा प्रमुख अतिथि तथा वक्ताको रूपमा उपस्थिति जनाउनुभएको हो ।
उक्त अन्तरसंवाद कार्यक्रममा उहाँले पुस्तक लेखनमा पुस्तक अध्ययन र राजनीतिक विचार प्रमुख रहेको बनाउँदै लेखन यात्रामा पूर्वीय दर्शनको साहित्यका रामायण, कृष्ण चरित्र, विद्यालयका साप्ताहिक कार्यक्रम र उच्च शिक्षा क्रममा भएको प्रेमपत्र र राजनीति क्रान्तिको विषयमा आफ्नो अस्तित्व जगाउने विचारपरक पुस्तक लेखनको अनुभव सुनाउनुभयो ।
उहाँले प्रगतिशील साहित्यको रूपमा रसियन साहित्यको अध्ययन विद्यालयस्तरमै गरेको बताउँदै नेपाली साहित्यका मोदनाथ प्रश्रितका साहित्यले प्रभावित भएको बताउनुभयो ।
उहाँले आफ्ना लेखिएका पुस्तकको स्रोतका रूपमा दार्जिलिङमा भएको गोर्खाली आन्दोलनलाई लिनुभएको छ ।
उक्त अन्तर संवाद कार्यक्रम पश्चात् बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले लेखक केशव दाहाललाई जेलका चिठ्ठीहरू, १०० बर्ष पछिको भक्तपुर , स्टालिनसँगै र गुप्त दस्तावेजहरू उपहारको रूपमा प्रदान गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।