काठमाडौं, पुस १ / आज लेखन कुञ्ज थापागाउँ, काठमाडौंमा भएको रुकुमेलीहरूको एक भेलाले साहित्यकार भूपेन्द्रा मल्लको अध्यक्षतामा रुकुमेली वाङ्मय प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ ।
यस वाङ्मय प्रतिष्ठानले समग्र रुकुमको भाषा, साहित्य, कला, संस्कृति लगायतका वाङ्मयको उन्नयनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ ।
उक्त भेलाले प्रतिष्ठानको १३ सदस्यीय तदर्थ समितिसमेत चयन गरेको छ । तदर्थ समितिमा अध्यक्ष भूपेन्द्रा मल्ल, उपाध्यक्ष भरतकुमार शर्मा, सचिव पूर्ण ओली, सहसचिव समिर गौतम, कोषाध्यक्ष सिर्जना शर्मा र सदस्यहरूमा लोकेन्द्र बिष्टमगर, मीनबहादुर पुन, अरुणकुमार शाह, गिरिप्रसाद बुढा, गङ्गा बि.सी., डम्बर खडका, चन्द्रा ओली, ज्ञानु बि.सि. रहनुभएको छ ।
संस्थालाई यथाशीघ्र जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विधिवत दर्ता गरी सदस्यता वितरण, साधारणसभाको आयोजनालगायत नियमित कार्यक्रमहरू गरिनेछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।