साहित्यपोस्ट डटकमसँगको सहकार्य, बुकाहोलिक्सको आयोजना तथा किताबयात्राको प्रायोजनमा लकडाउन अनलाइन कविता प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा अनलाइनमार्फत पठाइएका कविताहरूको चयन, छनोट र सर्वोत्कृष्टता घोषित गरिएको हो।

प्रतियोगिताका लागि ३७४ कविता प्राप्त भएका थिए भने २१६ कवितालाई प्रतियोगिताको पहिलो चरणका लागि योग्य मानिएको थियो। दोस्रो चरणका लागि ३५ कविता छनोट गरी वाचन गराइएको थियो।

ती ३५ कविताहरूमध्येबाट कुमार शर्माको ‘गन्तव्य’ शीर्षकको कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको हो।

तल पढ्नुहोस्, सर्वोत्कृष्ट भएको कुमार शर्माको कविता

घामका पाइलाहरूले देखाए भने बाटो
कुनै दिन त्यही बाटो भएर आउनू
त्यही बाटो म आउँदा झमक्क रात परेको थियो
आफ्नै पाइलाको चिन्ह बस्यो बसेन मैले चाल पाइनँ
अझै जीवितै रहेछ पाइला भने नकुल्चिनू
बरू खुसुक्क कानमा गएर भनिदिनू कि
गन्तव्य उसलाई पर्खिरहेछ
आफ्नै पाइलाको पर्खाइ निकै अत्यासपूर्ण हुन्छ।

उत्कृष्ट १२ कविताका वाचनहरु सुन्नुहोस् ।