गीतकार हरिभक्त बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’को शनिबार एक कार्यक्रमका बीच लोकार्पण गरियो । तेह्रथुम जिल्लामा जन्मिनु भएका गीतकार बुढाथोकी तेह्रथुम जिल्लाका पहिलो नाटककारका रूपमा समेत परिचित हुनुहुन्छ ।

उहाँ सबैभन्दा बढी चर्चित चाहिँ ड्राइभिङसम्बन्धी पुस्तकको पहिलो लेखकका रूपमा समेत प्रख्यात हुनुहुन्छ । उहाँको ‘पसिनाले भिजेको जिन्दगी’मा बुढाथोकीको बंशावलीसमेत समेटिएको छ । बुढाथोकीको आत्मकथा ‘पसिनाले भिजेको जिन्दगी’लाई राजाराम फुंयालले सम्पादन गर्नु भएको हो ।

पुस्तक लोकार्पण समारोहका सभापति खप्तडी सेवा समाजका अध्यक्ष बिकेन्द्रदीप बुढाथोकी हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि देवीराम शर्मा रहनु भएको थियो भने गीतकार कृष्णहरि बराल, डा. खगेन्द्रप्रसाद लुर्इंटेल, संगीतकार राजु सिंह, गायक तथा संगीतकार शिशिर योगी, सञ्चारकर्मी दिलभूषण पाठक, निर्देशक दीपेन्द्र के खनाललगायत थुप्रै गन्यमान्य व्यक्तित्वको उपस्थिति रहेको थियो ।

ड्राइभिङ शिक्षाका प्रवर्तक बुढाथोकी रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जली योग गानका रचनाकार समेत हुनुहुन्छ । उहाँका एकदर्जन भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन् । ‘पसिनाले भिजेको जिन्दगी’ पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक सेवामा लगाउने बुढाथोकीले बताउनुभयो । हाल उमेरमा ८३ वर्ष पुगिसक्नु भएको बुढाथोकीको जोश र जाँगरका साथ सामाजिक तथा साहित्यिक क्षेत्रमा सक्रिय गीतकार बुढाथोकीको उपस्थित विद्वत् जनले प्रशंसा गर्नुभएको थियो ।

अक्षराङ्ग