नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र ‘प्रतिभा पुरस्कार’ सुदीप पाख्रिनलाई दिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष गणेश राईका अनुसार प्रतिष्ठानको कार्यसमिति सदस्यबीच व्यापक छलफल र बहसपछि प्रतिभा सम्मानका लागि श्रेष्ठ र पाख्रिनलाई छनोट गरेर सार्वजनिक गरिएको बताए । प्रतिभा सम्मान नगद ५० हजार रुपैया र ताम्रपत्र, दोसल्ला रहेको छ भने प्रतिभा पुरस्कारमा नगद एक लाख रुपैया र ताम्रपत्र रहेको छ । नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान दिएवापत श्रेष्ठालाई ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।

सन १९६८ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गरेर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ भारतको इलाहबादबाट संगीतमा स्नातक गरेका ाछन् । नेपाल प्रज्ञाप्रतिष्ठानको संगीत निर्देशक भएर लामो समयसम्म काम गरेका थिए । यसैगरी नेपाली कविता साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएवापत कवि पाख्रिनलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको महासचिव खेरेसले बताए ।

दुवै जनालाई आगामी चैतको दोश्रो साता धरानमा एक कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।