काठमाडाैं, मङ्सिर २३ / थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा वासु शशी स्मृति परिषद् र साहित्यिक पत्रकार संघले संयुक्तरूपमा वरिष्ठ साहित्यकार कृष्ण जोशीको स्मरण गरियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो सभामा अध्यक्ष लेकाली, इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, कलाकार मदनदास श्रेष्ठ, साहित्यकारहरू शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ रोदन, गोविन्द गिरी प्रेरणा, समालोचक गोविन्दमान सिंह कार्की, दिलीप श्रेष्ठ लगायतले आआफ्नो मन्तव्य राख्दै कवि कृष्ण जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
सभामा वासु शशी स्मृति परिषद्का उपाध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठकले धन्यवाद ज्ञापन र सचिव कवि प्रद्युम्न जोशीले स्वागत मन्तव्य तथा कार्यक्रमको संचालन कवि यादव भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरु श्याम प्रधान, कर्णाद महर्षी, महेश प्रसाईं, प्रमोद प्रधान, मुरारी सिग्देल, बाबा बस्नेत, सन्ध्या पहाडी, गीता कार्की, अनुपम रोशी, रत्नलक्ष्मी श्रेष्ठ, मन्जिला अनिल, सरिता अर्याल, सुमन वर्षा, भानुप्रकाश जोशी, राजबाबु श्रेष्ठ सागर, राज रजक, बुना दाहाल, निर्मल रमण पराजुली, नरेश श्रेष्ठ, जेस्मिन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

