नेपाल-कतार मैत्री समाज तथा प्रवासी नेपाली कतार समाजको संयुक्त आयोजनामा बिहीबार ८ डिसेम्बरका दिन सिर्जनात्मक लेखक प्रशिक्षण सम्पन्न भयो ।
प्रशिक्षण लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकालले दिनु भएको थियो ।
कतारमा रहेर नेपाली साहित्य कर्ममा लागिरहेकाहरूका लागि यो प्रशिक्षणले लेखनशैलीमा थप निखारता ल्याउने विश्वासका साथ आयोजना गरिएको लेखन कुञ्ज नेपालका कमल ढकालले बताउनुभयो ।
नेपालमा १६ औँ शृंखलासम्म सिर्जनात्मक लेखन प्रशिक्षण सम्पन्न भइसकेका छन् ।
कतारको दोहामा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्न कतारमा ३० वर्षदेखि बस्दै आउनु भएका डाक्टर देवकाजी डंगोल, कतारमा रही मानव अधिकारको रक्षार्थ खटिनु भएका लेखक मोहम्मद रमजान अली मियाँ र नेपाली दूतावास कतारका द्वितीय सेक्रेटरी प्रवीण भट्टराई, अम्बिका पौड्यालले भूमिका खेल्नु भएको थियो ।
समाजसेवी तथा विश्व साइकल यात्री यासिन मामा, पत्रकार एवम् लेखक दीप जंग शाह ठकुरी, स्याङ्जा घर भई कतारमा पत्रकारिता गरिरहनु भएका अर्जुन (ढाकाराम) पौडेल, बुद्धिप्रसाद भण्डारी, योगेन्द्र कार्की, लक्ष्मी सुन्दर, लमजुङका कल्याण थापा, रिजन शाही, सुनिल न्यौपाने, रुपा कोइराला, सुरेश भट्ट, नर्सिङ पेशामा संलग्न सरिता भण्डारी पौडेल, पत्रकार तिलु शर्मा पौडेल, पर्वत फलेवासका सन्तोष क्षेत्री, विमल परियार, भेषराज पराजुली लगायत ललितपुर सानागाउँ सिद्दिपुरका रफिक दिन मियाँले सिर्जनत्मक प्रशिक्षण लिनु भएको थियो ।
साथमा आयोजक संस्थाका तर्फबाट राजदूतावासका द्वितीय सेक्रेटरी, आयोजक संस्थाका अध्यक्षका तर्फबाट लेखक मोहम्मद रमजान अलि मियाँ, अम्बिका पौडेल र डाक्टर देवकाजी डंगोल पनि सो अवसरमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमका संयोजक तथा लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकालले यसरी विदेशमा कार्यक्रम सम्पन्न गर्न पाउँदा अपार खुसी लागेको बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।