अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदका लागि पदम विश्वकर्माले आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ । उहाँ हाल ट्रष्टीको उपाध्यक्ष हुनुहुन्छ । शब्द सुमन कविता संग्रह, Word Florets (शब्द सुमनको अंग्रेजी अनुवाद), तमसुक कथा संग्रह, क्वारेन्टाइन उपन्यासका सर्जकले आफ्नो उम्मेद्वारीको घोषणा सामाजिक सञ्जालमार्फत गर्नु भएको हो ।
यसअघि अनेसासको च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा रही विगत लामो समयदेखि संस्थाको उन्नयन, विकास र विस्तारमा एउटा सिपाहीको रुपमा आफूले भूमिका निर्वाह गरेको बताउँदै सो अनुभव पुनः उपयोग गर्न चाहेको बताउनु भएको छ ।
संस्थाको संस्थागत विकास, च्याप्टरहरुसँगको सहकार्य, आजीवन तथा च्याप्टरहरू विस्तार, ट्रष्टीहरूको सदस्यतामा व्यापक वृद्धि, अनेसासको इतिहास, रजतजयन्ती प्रकाशन, अन्तरदृष्टि लगायत विविध प्रकाशनहरूमा योगदान, कार्यक्रमहरूमा सहभागिता, अनेसासलाई विश्वव्यापी बनाउन पहल गर्नुका साथै, थुप्रै अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय कार्यक्रमहरूको आयोजना, च्याप्टर, केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रष्टीबीचको सुमधुर सम्बन्ध कायम राख्न विशेष पहल, संस्थाको विधान संशोधन, कार्यप्रणाली निर्देशिका तयार, भवन समितिमा सदस्यसचिवको रुपमा कार्य गर्दै संस्थाको आफ्नै केन्द्रीय कार्यालय खरिदमा विशेष भूमिका निर्वाह गर्नु भएका विश्वकर्माले डायस्पोरामा नेपाली साहित्यको विकास – विस्तारका लागि अन्य साहित्यिक, गैरसाहित्यिक संघसंस्थाहरुसंग समन्वय, नेपाली साहित्यका उत्कष्ट कृति अनुवाद र प्रकाशन, अनेसास सर्वोत्कृष्ट पुरस्कारलगायत अनेसासका विभिन्न कार्यक्रम, प्रकाशन र पुरस्कारहरूमा आर्थिक सहयोगसमेत गर्दै आउनु भएको छ ।
यी सबै अनुभव, योगदान र समर्पणका आधारमा अनेसास बोर्ड अफ ट्रष्टीको आगामी कार्यकालका लागि आफू सभापति पदमा उपयुक्त रहेको उहाँले बताउनु भएको छ ।
यससँगै उहाँले आफ्नो कार्यकालमा विविध कार्य गर्ने प्रतिवद्धतासमेत जाहेर गर्नु भएको छ ।
उहाँले अनेसासको संस्थागत विकासका लागि केन्द्रीय कार्यसमितिलाई आवश्यक सहयोग गर्ने, ट्रष्टीहरूलाई परिचय पत्र (ID Card) प्रदान गर्ने, निर्णयहरूलाई पारदर्शी गर्न संस्थाको वेबसाइटमा प्रकाशन गर्ने, वार्षिकरुपमा प्रगति र आर्थिक प्रतिवेदन साधारणसभा र ट्रष्टीहरूलाई इमेलमार्फत जानकारी गराउने, ट्रष्टीहरूसँग नियमित सम्पर्कमा रही राय सल्लाह लिने, बोर्ड अफ ट्रष्टीका गतिविधि र आर्थिक विवरणहरू पारदर्शी बनाउने, वार्षिकरुपमा कार्यसमितिको समीक्षा कार्यक्रम आयोजना गर्ने, ट्याक्स फाइल र संस्था नवीकरण नियमितरुपमा गर्न र संस्थाको आर्थिक गतिविधि वार्षिक रुपमा अडिट गर्न केन्द्रीय कार्यसमितिलाई आवश्यक सहयोग गर्ने लगायतका प्रतिबद्धता उहाँले व्यक्त गर्नु भएको छ ।
यसैगरी प्रतिबद्धतामा ट्रष्टी, केन्द्र र च्याप्टरहरूको संस्थागत विकासका कार्यहरूमा विशेष जोडदिने, केन्द्रका गतिविधि र जानकारीहरू सबै आजीवन सदस्यहरूलाई इमेलमार्फत प्रदान गर्न केन्द्रलाई सहयोग गर्ने, हरेक नयाँ कार्यसमितिलाई हस्तान्तरण कार्य प्रभावकारी बनाउने, संस्थाका आधारभूत पक्ष र विधिविधानअनुरुप कार्य गर्ने गराउने, अनेसासको पाँच वर्षे विकास योजना तर्जुमा गर्ने जस्ता कुरा संलग्न गर्नु भएको छ ।
उहाँले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका क्षेत्रमासमेत अझ पारदर्शी, व्यवस्थित र लोकप्रिय बनाउने, नेपाली साहित्यमा विज्ञ साहित्यकारहरूलाई पुस्तक मूल्याङ्कन समितिमा चयन गर्ने, त्यस अवधिमा प्रकाशित कृतिहरू अधिकतम मात्रामा संकलन गर्ने व्यवस्था गर्ने, उत्कृष्ट कृतिहरूको छनोट गरी पुरस्कृत गर्ने जस्ता कुरा उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अनेसास प्रज्ञा प्रतिष्ठानका क्षेत्रमा समेत उहाँका विविध योजनाहरू रहेका छन् । अनेसासलाई प्राज्ञिक संस्थाको रुपमा विकसित गर्ने, नेपाली साहित्यका उत्कृष्ट कृतिहरुलाई विदेशमा विश्वविद्यालयहरुमा पठन पाठनको लागि आवश्यक प्रयास गर्ने, नेपाली साहित्यका उत्कृष्ट कृतिहरू अनुवाद गर्ने, विभिन्न देशका विदेशी साहित्यकारहरुसमेतको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी नेपाली साहित्यको विश्वव्यापीकरण अभियानमा विशेष पहल गर्ने, विभिन्न स्थानमा नेपाली भाषाका पाठशाला सञ्चालन गर्न आवश्यक पहल गर्ने उहाँले बताउनु भएको छ ।
उहाँले अनेसासको केन्द्रीय कार्यालय स्थापना गर्न आफ्नै भवन निर्माण वा खरिद गर्ने, अनेसास भवन निर्माण वा खरिदमा संस्थालाई ऋणमुक्त (Paid Off) बनाउने, केन्द्रीय कार्यसमितिलाई सहयोग र समन्वय गर्ने र केन्द्रीय कार्यसमितिलाई आवश्यक सल्लाह, सुझाव र सहयोग प्रदान गर्ने, अध्यावधिक समिति गठन गरी विगतका वर्षहरूमा मतदानमा छुटेका सदस्यहरूलाई मतदानमा सरिक गराउनेतर्फ आवश्यक सहयोग गर्ने, विधानसम्मत कार्यहरुमा केन्द्रीय कार्यसमितिलाई आवश्यक सहयोग गर्ने, संस्थाको संस्थागत विकास, दीर्घकालीन योजना तर्जुमा, समुच्च विकासका निम्ति केन्द्रीय कार्यसमितिलाई आवश्यक सल्लाह, सुझाव र सहयोग गर्ने
यी सबै कार्यहरु गर्न केन्द्र, अग्रज–अनुजहरू, ट्रष्टीहरूसँग परामर्श गरी आवश्यक अन्य कार्यहरू सम्पन्न गर्न पहल गर्ने वचनबद्धता प्रकट गर्नु भएको छ ।
यसअघि संस्थाको योगदान, समर्पण र समक्षमतालाई ध्यानमा दिँदै सभापतिमा जिताउन अनेसासका ट्रष्टी, संस्थापक, पूर्व अध्यक्ष, आजीवन सदस्य, साहित्यकारबाट सहयोगको आशा गरेको उहाँले बताउनु भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।