सन्दिग्ध शताब्दी, डोल्पो ओ डोल्पो तथा व्युत्पत्तिमूलक नेपाली शब्दकोशको परिचर्चा सम्पन्न

ललितपुर, मङ्सिर २१ / साझा प्रकाशनद्वारा आज ललितपुरस्थित राष्ट्रिय सहकारी बोर्डको भवनमा आयोजित कार्यक्रममा युवा निबन्धकार श्रीबाबु कार्कीद्वारा लिखित निबन्धकृति “सन्दिग्ध शताब्दी” विमोचन गरियो ।

चर्चित बालकथाकार प्रमोद प्रधान, नियात्राकार डा. दामोदर पुडासैनी किशोर, प्रा.डा. रमेशप्रसाद भट्टराई लगायतले पुस्तक विमोचन गर्नुभयो ।

कार्यक्रममा डा. पुडासैनी लिखित नियात्रा कृति “डोल्पो ओ डोल्पो”माथि प्राडा रमेशप्रसाद भट्टराईले टिप्पणीसमेत गर्नु भएको थियो ।

साझा प्रकाशनका अध्यक्ष डा. विजय सुब्बाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राडा माधवप्रसाद पोखरेलले २०७८ सालको साझा पुरस्कार प्राप्त कृति व्युत्पत्तिमूलक नेपाली शब्दकोशबारे प्रकाश पार्नुभएको थियो ।