काठमाडौं, मंसिर १८ / नेपाल भारत कविता महोत्सव डिसेम्बर ४ अर्थात् मंसिर १८ गते आइतबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भयो ।

भारतीय अधिवक्ता कामिनी श्रीवास्तवको सभापतित्व एवं प्राध्यापक तुलसी दिवसको प्रमुख आतिथ्यमा प्रा डा गार्गी शर्मा र नरेन्द्रराज पौड्यालको उपस्थितिमा डा.घनश्याम परिश्रमी, डा. देवी पन्थी, विधान आचार्य, मणिराज सिंह, जनार्दन अधिकारी धड्कन, गंगा सुवेदी, पोष्टराज चापागाई, सरिता अर्याल,
सूर्य लाकोजु, जीविका अश्रु(सिक्किम) र करुणा झालाई “रामकिशन सहाय गंगादेवीसाहित्य कला विशेष सम्मान” द्वारा सम्मानित गरिएको थियो ।साेही अवसरमा श्रष्टा कामिनी श्रीवास्तवको “मिसेज वाट्सन” लघु कथा संग्रहकाे लाेकार्पण गरिएकाे थियाे ।

त्यसै कार्यक्रममा क्रान्तिधरा काव्य भूषण सम्मानद्वारा सूर्य लाकोजुलाई र कांतिधरा समाज भूषण सम्मान कैलाश जैनलाई क्रांतिधरा साहित्य अकदमीद्वारा प्रदान गरियो।

कार्यक्रमकाे अर्को चरणमा नेपाल र भारत का ८० जना कविहरूले कविता,गजल,चारु, खाेरिया,मुक्तक लगायतका रचना वाचन गरेकाे थिए |

रचना वाचन गर्ने आमन्त्रित अतिथि साहित्यकारहरू प्रा. तुलसी दिवस, डा.घनश्याम परिश्रमी, डा.देवी पन्थी, डा. बमबहादुर थापा जीताली, डा.विजय पण्डित, विधान आचार्य, सरिता अर्याल, पोष्टराज चापागाई, मणिराज सिंह, जनार्दन अधिकारी धड्कन, डा. गार्गी शर्मा,जगदीश्वर पाेखरेल,लक्ष्मी प्रसाद मिश्र,सुधा वास्काेटा,उषा आचार्य, शारदा आचार्य, भाग्यशाली अधिकारी,उत्तम भेटवाल,डा.शशी थापा,सीता घिमिरे,गीता अर्याल,सविता केसी,पूजन मिश्र,टेक बहादुर लाैडारी,हरि प्साद घिमिरे,वीर वहादुर लाेहनी,रीता खतिवडा,रस्मी रिमाल,बिनु बाबा घिमिरे,संगिता ठाकुर,उर्मिला पन्त पाण्डेय, माया उपाध्याय, रेणु घिमिरे, निर्मल पराजुली,सुशीला ढकाल अधिकारी, ताेयानाथ सुवेदी,जीबिका अश्रु, डा.उत्तम थापा, ललिता दाेषी,निराजन माैदगल्य,करुणा झा, उषा आचार्य ढकाल, कल्पना खरेल, शान्ति शर्मा, ममता मृदुल,सूर्य लाकोजु लगायत ८० जना श्रष्टाले रचना वाचन गर्नु भएकाे थियाे ।

सुधा बास्कोटा ढकाल, जनार्दन अधिकारी धड्कन र उषा आचार्य ढकालले पालैपालो संचालन गर्नु भएको उक्त समाराेहमा प्रमुख अतिथि तुलसी दिवसले राजनीतिले जाेड्न नसकेकाे सम्बन्ध साहित्यले जाेड्न सक्छ भन्नु हुँदै अाफ्नाे रचना सुनाउनु भयाे । अन्तमा डा.विजय पण्डितले धन्यवाद ज्ञापन र सभापति कामिनी श्रीबास्तवले समापन मन्तव्यका साथ कार्यक्रम विसर्जन भएकाे थियाे । उक्त महाेत्सव नेपाल,भारत साहित्य दूतकाे रुपमा रहनु भएका डा,विजय पण्डित र नेपालमा ज्याेति साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा र चन्द्रागिरि साहित्य प्रतिष्ठानद्वारा संयोजन गरिएको थियो।