Chovar Blues Mobile Size

नारी श्रष्टा समाज प्रदेश नं १ का तर्फबाट काठमाडौंमा आयोजित एक समारोहबीच अमेरिकाको न्युयोर्कलाई कर्मभूमि बनाएकी स्रष्टा लक्ष्मी श्रेष्ठ र नेपालकी कवयित्री मीना श्रेष्ठलाई सम्मान हस्तान्तरण गरियो ।

गत मंसिर १ मा सम्मान कार्यक्रममा उपस्थित हुन नसक्नु भएका श्रष्टा द्वयलाई कार्यक्रमका अतिथिहरू शैलेन्दु प्रकाश नेपाल, गोविन्दगिरी प्रेरणा, तुलसीहरि कोइराला तथा समाजकी अध्यक्ष ममता मृदुलले फूलमाला, दोसल्ला, फूलको गुच्छा तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सम्मानित सष्टा लक्ष्मी श्रेष्ठ, मीना श्रेष्ठ, प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपाल विशिष्ट अतिथि गोविन्द गिरी प्रेरणा, तुलसीहरि कोइराला तथा समाजकी अध्यक्ष ममता मृदुलले मन्तव्य प्रकट गरेका थिए । कार्यक्रम संचालन बिन्दु अधिकारी ढकालले गर्नु भएको थियो ।

स्मरणीय छ सम्मानित स्रष्टा लक्ष्मी श्रेष्ठ अमेरिकाको न्युयोर्कलाई कर्मभूमिको रूपमा अपनाई साहित्य सिर्जनामा लाग्नु भएको छ । उनका चारवटा कृति प्रकाशित भैसकेका छन् ।

त्यसैगरी कवयित्री मीना श्रेष्ठ राजनीतिकर्मी पनि हुन् र उनका दुईवटा कविता सङ्ग्रहहरू प्रकाशित छन् ।