गत शुक्रबार साहित्यकार गोपाल अश्कका दुई कृतिहरू लोकार्पित गरियो । ‘नेपालीय भोजपुरी साहित्यको इतिहास’ स्वयं अश्कले लेख्नु भएको कृति हो भने दोस्रो चाहिँ अश्कमाथि अन्य व्यक्तिले गरेका टिप्पणीहरूको संग्रह हो- ‘साहित्यकार गोपाल अश्क’ ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित उक्त कार्यक्रममा दुवै कृतिबारे दिनेश गुप्ता, प्रमोद प्रधान र प्राडा कुमार कोइरालाले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । यस्तै भाषा आयोगकी अध्यक्ष उषा हमाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र नेपाल स्रष्टा समाजका सल्लाहकार पवन आलोकले अश्कको साहित्यिक जीवन र व्यक्तिगत जीवनका लागि शुभकामना दिनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि ड़ा. ध्रुवचन्द्र गौतमले गोपाल अश्क बहुमुखी प्रतिभाशाली भएको बताउनुभयो ।

मधु पाठकले उद्घोषण गर्नुभएको सो कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गर्नु भएको थियो ।

स्वागत भाषण समाजकी महासचिव देविका तिमिल्सिनाद्वारा गरिएको थियो।

शब्दपथ